बिराटनगर,
नेकपा (एमाले) सुन्दरहरैंचा नगर कमिटीका सहसचिव डिल्ली ढकालले आसन्न दोस्रो नगर अधिवेशनमा नगर अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
लामो समयदेखि पार्टी संगठनमा सक्रिय भूमिका निभाउँदै आएका ढकालले पार्टीप्रति निष्ठा, इमान्दारिता र नेतृत्व क्षमताका आधारमा आफ्नो उम्मेदवारी अघि सारेका हुन्।
पार्टी भित्र ‘कर्तव्यनिष्ठ र अनुशासित कार्यकर्ताका रूपमा परिचित ढकाल सुन्दरहरैंचामा लोकप्रिय र सशक्त संगठनकर्ता मानिन्छन्। उनले हालसम्म पार्टीको विभिन्न तहमा जिम्मेवारी सम्हाल्दै स्थानीय संगठनलाई सुदृढ बनाउने कार्यमा अग्रणी भूमिका निभाउँदै आएका छन्।
ढकाल टीममा उपाध्यक्षमा दुर्गा भट्टराई,सचिवमा विशाल गुरागाई ,उप सचिव दुई जनामा खगेन्द्र सेन्दाङ र राजेन्द्र धमलाले उम्मेदवारी घोषणा गरेका छन्।
१०० भन्दा बढी नेता तथा कार्यकर्ताको उपस्थितिमा घोषण गरिएको सचिव पदका उम्मेदवार विशाल गुरागाईले जानकारी दिए। त्यस्तै अर्को प्यानलबाट नगर अध्यक्षमा हेमराज सुवेदीसहितको टिमले पनि उम्मेदवारी घोषणा गरेको छ। एमाले सुन्दरहरैंचाको दोस्रो नगर अधिवेशन चैत्र २८ गते हुँदैछ ।