झिलझिले,
‘सपना ठूलो देख, मेहनत सपना भन्दा अझ ठूलो गर । अनिमात्र सफल्ता संगै गन्तव्यमा पुग्न सकिन्छ ।’ यिनै मूल मन्त्रका साथ अघि बढ्दै आएको ‘सेभेन सिज’ अङ्ग्रेजी माध्यमिक विद्यालयले आफ्नो २८औं स्थापना दिवस हर्षोल्लासका साथ मनायो।
वार्षिक नतिजा प्रकाशनसँगै आयोजना गरिएको यो कार्यक्रम मंगलबार शिक्षा, सम्मान र सिर्जनात्मकताको अनुपम संगम बन्यो । आफ्ना नानीको शैक्षिक उपलन्धी प्रमाण पत्र लिन आएका अधिकांस अभिभावक विहान ११ बजे देखि अपरान्ह ४ बजे सम्म शौचालय जान आउन बाहेक नतमस्तक भएर बसे । कार्यक्रममा अतिथिका रुपमा आमन्त्रण गरिएका कतिपय अतिथीले भन्दैथिए ‘‘यतिको धैर्यता ‘सेभेन सिज’का अभिभावकमा रहेछ । वाउ !’
२०८१ शैक्षिक सत्रमा विद्यालयका टपर छात्रा ईतुसा लिम्बु (९९.३%) र छात्र सामुएल पौडेल (९९.२%) ‘सेभेन सिज स्टडी अवार्ड २०८१’ बाट सम्मानित हुँदा माहोल खुसिले हल्लिएको थियो । विद्यालयका करिब ६४१ विद्यार्थीलाई पछि पार्दै उनीहरूले यो अवार्ड हात पारेका थिए।
दुवै जना टपरलाई एक–एक थान साइकल र विशेष गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो । पुरस्कार स्थानीय पाथिभरा बुक्स एण्ड स्टेसनरीका सञ्चालक तथा पत्रकार विनोद सापकोटाले हस्तान्तरण गरे। पुरस्कारको सौजन्य पनि सापकोटालेनै गरेका थिए ।
सापकोटाका अनुसार ‘सेभेन सिज स्टडी अवार्ड’ प्रत्येक वर्ष प्रदान हुने छ । सापकोटाका छोरा रुदिश र रिजन सोही विद्यालयबाट एसएलसी उतिर्ण गरेर उच्च शिक्षाका लागि गृह नगर बाहिर छन् ।
विद्यालयले २०८१ को शैक्षिक सत्रमा शिक्षण सिकाईमा उत्कृष्ट क्रियाकलाप प्रदर्शन गर्ने शिक्षक तथा कर्मचारीलाई पनि रु ५ हजार नगदसहित सम्मान ग¥यो। सम्मानित शिक्षकहरूमा सुदिप श्रेष्ठ, सुभाष पोख्रेल, दीपा राई, राजु श्रेष्ठ, जिना कडरिया, रुबी राई, भूमिका राई, रिता तामाङ र संगम राई छन्।
त्यस्तै स्काउट मास्टर दुर्गा उप्रेती र कर्मचारीहरू सीता दाहाल, विक्रम बस्नेत, र कृष्ण खड्का पनि सम्मानित भए। पुरस्कार नगर उपप्रमुख नरमाया कार्कीले प्रदान गरिन्। आफैलाई अध्ययन गराएका गुरु गुरुआमा पुरस्कृत हुँदा विद्यार्थीको हुटिङले कार्यक्रम हल गुन्जायमान बन्यो ।
कार्यक्रमकी प्रमुख अतिथि कार्कीले विद्यालयको प्रशंसा गर्दै भनिन्, ‘पन्ध्रौं राष्ट्रपति रनिङ शिल्ड जितेर जिल्लामै चर्चा कमाएको यो विद्यालय शैक्षिक स्तर, अतिरिक्त क्रियाकलाप र व्यवहारिक ज्ञानमा अब्बल छ। नगरभित्रकै संस्थागत विद्यालय मन्धे यो विद्यालय नमुनाउन्मोख बन्नेमा म आसाबादी छु ।’
विद्यालयका प्रिन्सिपल दीपक कडरियाले आगामी शैक्षिक वर्षदेखि विद्यार्थीका लागि दुर्घटना बीमा योजना सुरु गर्ने घोषणा गरे। अभिभावकले दैनिक एक रुपैयाँ तिर्दा विद्यालयले बाँकी खर्च व्यहोर्नेछ। बीमा रकम रु ७५ हजारदेखि २ लाखसम्म हुने प्रिन्सिपल कडरियाले बताएका छन् । ‘ विद्यालय टप गर्ने एक छात्र र एक छात्रालाई विशेष छात्रवृत्ति समेत प्रदान गरिने गरिने छ,’ उनले भने । प्रिन्सिपल कडरियाले यति भनिरहँदा अभिभावक नतमस्तक भएर प्रिन्सिपलको कुरा सुने ।
गत वर्षको एसईई परीक्षामा विद्यालयका ९९ प्रतिसत विद्यार्थी उत्तीर्ण भएका थिए। यो उपलब्धिले विद्यालयको शैक्षिक प्रतिबद्धता, दक्ष विद्यार्थी उत्पादन र व्यवस्थापनलाई पुष्टि गरेको विद्यालयले जनाएको छ । कक्षा नर्सरीदेखि कक्षा ७ सम्मका प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त विद्यार्थीहरूलाई प्रमाणपत्र र पुरस्कार दिइयो। अनुशासन, हस्तलेखन (नेपाली–अङ्ग्रेजी), श्रुति लेखनजस्ता विधामा पनि उत्कृष्ट विद्यार्थीहरू पुरस्कृत भए ।
कार्यक्रमको अन्त्यमा ‘सप्र्राइज गिफ्ट’को अनौठो तर रमाइलो क्षण आयो । करिब ५सय अभिभावकमध्ये १३ जना भाग्यशाली अभिभावकले पुरस्कार पाए । त्यो पनि आफू बसेको कुर्सीमुनि लुकाइएको नम्बरको आधारमा। थाहै नपाई पुरस्कार जितेका अभिभावकको खुसी दोब्बर भयो ।
कार्यक्रमको रंगीन पक्ष भनेको सांस्कृतिक प्रस्तुति थियो। विद्यार्थीहरूले प्रस्तुत गरेका नृत्य, गायन, लघु नाटकले उपस्थित अभिभावकलाई मन्त्रमुग्ध बनायो। शिक्षकमै नाच, संगीत र प्रस्तुति देख्दा कार्यक्रम थप अभिभावकको अविस्मरणीय बन्यो।
कार्यक्रममा झिलझिले माध्यमिक विद्यालयका पूर्वप्रध्यानध्यापक दीपक न्यौपाने र प्याप्सन शिवसताक्षी अध्यक्ष राम सुहाङ लगायतले विद्यालयको प्रगति देखेर गर्व महसुस भएको बताए । कार्यक्रममा सुहाङले उत्कृष्ट नृत्य गर्ने विद्यार्थीलाई पुरस्कृत गर्दै उनले पनि गाए । कार्यक्रम विद्यालयका संचालक विर्ख कडरियाको अध्यक्षतामा भएको थियो ।