जापान जाने विद्यार्थीलाई बीज इन्टरनेश्नल एजुकेशनले विदाई गर्यो

0
404

बिर्तामोड । 

शैक्षिक परामर्शको क्षेत्रमा विगत एक दशकदेखि झापाको बिर्तामोडबाट सेवा प्रवाह गर्दै आएको बीज इन्टरनेश्नल एजुकेशन सर्भिसले मंगलबार एक कार्यक्रमका बीच जापान जाने विद्यार्थीहरुलाई विदााई गरेको छ ।

जापानमा रहेका विभिन्न विश्वविद्यालयहरुमा अध्ययनका लागि जान लागेका विद्यार्थीलाई प्रशिक्षणसहित विदाई गरिएको हो । विदााई कार्यक्रममा विद्यार्थीका अभिभावकहरुको उल्लेख्य सहभागिता रहेको थियो । जापानमा हुने शैक्षिक गतिविधि, समय, कानुन तथा त्यहाँको अवसर र चुनाौतिका विषयमा बीज इन्टरनेश्नल एजुकेशन सर्भिसका शिक्षकहरुले परामर्श दिएका थिए ।

बीज इन्टरनेश्नल एजुकेशन सर्भिसका कार्यकारी अध्यक्ष अशोक भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल शैक्षिक परामर्श संघ इक्यान झापाका अध्यक्ष रोशन सुवेदीको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा पूर्वाञ्चल डेली डटकमका समाचार संयोजक नरेन्द्र ढकाल, जेनियश मिडियाका प्रबन्ध निर्देशक निरज पोख्रेल लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा शुभकामना मन्तब्य राख्दै जापानमा हुने शैक्षिक अवस्था तथा नेपालबाट जुन उद्धेश्यले गएको हो आफ्नो लक्ष्य र उद्धेश्यमा विचलित नभई अघि बढ्न विद्यार्थीहरुलाई अतिथीहरुले सुझाव दिएका थिए ।

कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै बीज इन्टरनेश्नल एजुकेशन सर्भिसका कार्यकारी अध्यक्ष भण्डारीले जापनमा हुने अवसर तथा चुनौतिका विषयमा विद्यार्थी र अभिभावकहरुलाई सचेत गराएका थिए । उनले बीज इन्टरनेश्नल एजुकेशन सर्भिसले शैक्षिक क्षेत्रमा गर्ने सम्पूर्ण सहयोगहरु गर्न तयार रहेको उल्लेख गरे ।

सोही अवसरमा बीज इन्टरनेश्नल एजुकेशन सर्भिसका शिक्षक चुडामणी कडरियालाई उत्कृष्ट काम गरेको भन्दै सम्मान गरिएको थियो । उनलाई कार्यक्रमका प्रमुख अतिथी सुवेदीले दोसल्ला ओडाएर सम्मान पत्र प्रदान गरेका थिए ।

कार्यक्रममा बीज इन्टरनेश्नल एजुकेशन सर्भिसका अर्पण खतिवडाले स्वागत मन्तव्य राखेका थिए भने योगेन्द्र पनेरुले कार्यक्रमको सञ्चालन गरेका थिए । सोही अवसरमा जापनमा विश्विद्यालयका बारेमा बीज इन्टरनेश्नल एजुकेशन सर्भिसका रवि कडरियाले विद्यार्थीलाई प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा गायक निरज पोख्रेलले सांगितीका प्रस्तुतिहरु दिएका थिए । बीज इन्टरनेश्नल एजुकेशन सर्भिसमा झापासहित इलाम, पाँचथर, ताप्लेजुङ लगायतका जिल्लाहरुकाा विद्याार्थीहरु शैक्षिक परामर्शका लागि आउने गरेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here