बिराटनगर,

विद्यार्थीकालमा अनेरास्ववियु देखि राजनीतिक यात्रा सुरु गरेका विशाल गुरागाई आगामी चैत २८ गते हुने नेकपा (एमाले) सुन्दरहरैंचा नगर कमिटीको निर्वाचनमा सचिव पदमा उम्मेदवारी घोषणा गरेका छन्।
सचिव पदमाउम्मेदवारी दिएका गुरागाईले युवा संघको गाउँ वडा हुँदै क्षेत्रिय कमिटीमा सफल नेतृत्व गरिसकेका छन्। नेकपा एमालेमा २०५८ सालमा संगठित भई साविक सुन्दरपुर गाउँ कमिटीमा दुई कार्यकाल सचिवको जिम्मेवारीमा रहेर काम गरिसकेका छन्।
सुन्दरदुलारी नेकपा एमाले नगर कमिटिका सदस्य भइसकेका छन् भने हालको सुन्दरहरैचा नगरपालिका वडा नम्बर ५ मा दुई कार्यकाल अध्यक्ष रही २०७९ सालमा भएको स्थानीय निकायको निर्वाचनमा वडा र नगरलाई बिजयी गराउन महत्वपूर्ण भूमिका खेलीसकेका गुरागाई चैत २८ मा हुन् गइरहेको नगर कमिटिको निर्वाचनमा सचिव पदका अब्बल उम्मेदवार हुन्।
उनले डिल्ली ढकाल इतरबाट उम्मेदवारी घोषणा गरेका छन्। उनी राजनीतिक मात्र नभएर वडामा दुखमा परेका हरेक जनताको पिडामा मलम लगाउदै आईरहेका छन्। जनतालाई परेको पीरमर्कामा आफ्नो जस्तोसुकै काम छाडेर भएपनि पुगिहाल्ने एक असल समाजसेवी पनि हुन्।