सूर्योदयमा सिकाई केन्द्र र स्थानिय तहको सहकार्य सम्बन्धी कार्यशाला शुरु

0
67

विमल दहाल, फिक्कल ।

सामुदायिक सिकाई केन्द्रको बोर्ड झुण्ड्याएर राख्नेभन्दा पनि क्षेत्र अधिकार भित्र के कसरी कार्य गर्न सकिन्छ भन्ने बारेमा ध्यान आवश्यक रहेको सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले बताउनुभएको छ ।

मंगलवार सूर्योदय नगरपालिका सभा हलमा शुरु भएको सामुदायिक सिकाई केन्द्रको क्षमता विकास तथा स्थानीय तहसँगको समन्वय र सहकार्य सम्बन्धी कार्यशाला प्रमुख अतिथि रहनु भएका नगर प्रमुख राईले उक्त कुरा वताउनु भएको हो। राईले छोटो, राम्रो, परिस्कृत सामुदायिक सिकाई केन्द्रले आफ्नो क्यास्मेंट क्षेत्रमा काम गर्दैछु भन्ने बारेमा समेत ध्यान आवश्यक रहेकोले सिकाई केन्द्रले के गर्दैछ भन्ने आफूले आफूलाई स्वमूल्याङ्कन गरेर समीक्षा गर्नुपर्ने बताउनुभयो ।

युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगको सचिवालय सिंहदरबार काठमाडौँको आयोजना र सूर्योदय नगरपालिकाको सह(आयोजनामा “हामी हाम्रो समुदायको आर्थिक सामाजिक रूपान्तरणमा चिन्तित छौँ” भन्ने नाराका साथ सुरु भएको कार्यशालालाई युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगको सचिवालय सिंहदरबार काठमाडौँ सहायक महासचिव तथा कार्यशालाका अध्यक्ष रामेश्वर प्रसाद यादव, काका सामुदायिक सिकाई केन्द्र सर्लाहीका अध्यक्ष कमिलेश्वर कुमार सिंह, शाखा अधिकृत दिपक भण्डारी लगायतले सहजीकरण गर्दै हुनुहुन्छ।

माई नगरपालिका, सूर्योदय नगरपालिका र रोङ गाउँपालिका भित्रका ७ सामुदायिक सिकाई केन्द्रका पदाधिकारी, परिचालक, जनप्रतिनिधि र शिक्षा शाखाका प्रतिनिधिको सहभागिता रहेको कार्यशालामा सामुदायिक सिकाई केन्द्रको अवधारणा, नीतिगत व्यवस्था, सामुदायिक सिकाई केन्द्रको अनुभव आदानप्रदान, सफलताको कथा, सवलीकरणसँग सम्बन्धित पक्षहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यासहरू, दिगो विकास लक्ष्य प्राप्तिमा सामुदायिक सिकाई केन्द्रको भूमिका, सिकाई केन्द्र सञ्चालनमा स्थानीय सरकारको भूमिका, सफलताका आधारहरू लगायतका विषयमा कार्यशाला सञ्चालन रहने आयोजक संस्थाका शाखा अधिकृत दीपक भण्डारीले जानकारी दिनु भएको छ। कार्यशाला चैत्र २६,२७ र २८ मा सुर्योदय नगरपालिकाको सभाहलमा सञ्चालन रहने छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here