विराटनगर।
झापा, मोरङ, धनकुटा र उदयपुरबाट लागूऔषधसहित आठ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
चैत २६ गते झापाको मेचिनगर नगरपालिका–६ मा इलाका प्रहरी कार्यालय कांकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारत वेष्ट बंगाल दार्जिलिङका ४१ बर्षीय राजेन बर्मनको साथबाट एक सय ४५ ग्राम ३ सय ३० मिलिग्राम ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको हो ।
यता झापाको प्रहरी चौकी शनिश्चरेले अर्जुनधारा–४ का २८ बर्षीय भुवन न्यौपानेलाई निजकै घरबाट ब्राउन सुगर एक ग्राम ९ सय ४० मिलिग्राम सहित पक्राउ गरेको हो ।
त्यसैगरी मोरङको बिराटनगर महानगरपालिका–१५ बाट सुनसरी धरान–८ का १९ बर्षीय समन न्यौपाने र १९ बर्षीय अभिषेक याख्खालाई एक ग्राम १५ मिलिग्राम ब्राउन सुगरसहित लागूऔषध नियन्त्रण ब्युरो बिराटनगरले पक्राउ गरेको हो ।
त्यस्तै उदयपुरको बेलका नगरपालिका–९ बाट को ३९ प ५६४९ नम्बरको स्कुटर चालक बेलका(३ का २६ बर्षीय मुस्कान राई र पछाडी सवार २१ बर्षीय खम्ब बहादुर दाहाललाई ब्राउन सुगर एक ग्राम ३३८ मिलिग्राम सहित इलाका प्रहरी कार्यलय रामपुर ठोक्सिलाले नियन्त्रणमा लिएको हो ।
त्यसैगरी धनकुटाको साँगुरीगढी गाउँपालिका–६ बाट इलाका प्रहरी कार्यालय भेडेटारले सहिदभुमी गाउँपालिका–७ की ४२ बर्षीया ईन्दिरा राई र ४९ बर्षीया सिता कार्कीलाई २० किलोग्राम गाँजा सहित पक्राउ गरेको छ ।
लागूऔषधसहित पक्राउ परेका उनीहरुको थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कायाृलय विराटनगरले जनााएको छ ।