बिर्तामोड ।
वीरता जेसीजले अग्रहहरुलाई सम्मान गर्दै पूर्वअध्यक्षका अनुभव सुन्ने कार्यक्रमको शुरुवात गरेको छ ।
‘अग्रजप्रति सम्मान, समृद्धिको पहिचान’ भन्ने नाराका साथ वीरता जेसीज २०२५ का अध्यक्ष युवराज कुँवरले पूर्वअध्यक्षको अनुभव सुन्ने कार्यक्रम शुरु गरेका हुन् । उनले अग्रजहरुले वीरता जेसीजमा गर्नुभएको योग्दाान र उहाँहरुको सल्लाहलाई आत्मसाथ गर्दै वीरता जेसीजको गरिमालाई अझ उच्च बनाउन यो अभियानको शुरुवात गरेको बताए ।
वीरता जेसीजका संस्थापक अध्यक्ष समेत रहेका राष्ट्रिय सभा सदस्य गोपाल कुमार वस्नेतको निवासमै पुगेर अनुभव सुन्ने काम गरेको बताइएको छ । वीरता जेसीजको स्थापना, जेसीजले गर्ने काम तथा त्यसबेलाका अनुभवहरुलाई ग्रहण गर्दै अझ प्रभावकारीढंगबाट कसरी काम गर्न सकिन्छ भन्ने विषयमा एक घण्टा संस्थापक अध्यक्ष बस्नेतसंग कुराकानी भएको अध्यक्ष कुँवरले जानकारी दिए ।
पूर्वअध्यक्षहरुबाट प्राप्त अमूल्य अनुभव र मार्गदर्शनले वीरता जेसीज परिवारलाई अझ प्रेरित बनाएको र उहाँहरुको समय, योगदान र अभिभावकत्वप्रति वीरता जेसीज परिवार कृतज्ञ रहेको अध्यक्ष कुँवरको भनाई छ ।
हरेक १५–१५ दिनमा पूर्वअध्यक्षहरुकै निवासमा पुगेर जेसीजमा उहाँको नेतृत्वले गरेका काम तथा आगामी दिनमा गर्न सकिने कामका विषायमा अनुभव सुन्ने कार्यक्रमलाई अघि बढाइने अध्यक्ष कुँवरले जानकारी दिए । पूर्वअध्यक्षसंगको अनुभव सुन्ने कार्यक्रममा वीरता जेसीजका उल्लेख्य सदस्यहरुको उपस्थिती रहेको थियो ।
पछिल्लो समय अग्रजहरुलाई सम्मान गर्नुपर्छ भन्ने मान्यता हराउदै गएको अवस्थामा वीरता जेसीजले शुरु गरेको ‘अग्रजप्रति सम्मान, समृद्धिको पहिचान’ कार्यक्रमको सबैले प्रशंसा गरेका छन् । यसले समाजमा योग्दान पु¥याएका अग्रजलाई सम्मान मिल्ने भन्दै वीरता जेसीजको कार्यक्रमलाई अन्य संस्थाले पनि अनुशरण गर्नुपर्ने बताइएको छ ।