झापा, आज विहान पानीसँग आएको चट्याङको झड्काले लागेर एकजना मृत्यु भएको छ ।
गौरादह–५ स्थित बाुबथान बस्ने ५४ वर्षीय दुधकुमार लावतीको आज विहान ७ वजे पानी परेको समयमा चट्याङको झड्काले मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
इलाका प्रहरी कार्यालय दमक र स्थानीय गौरादह प्रहरी टोलीले मृतक लावतीको पोष्टमार्टमका लागि दमक अस्पताल पठाएको थियोे ।