अर्जुनधारा ।
झापाको अर्जुनधारा नगरपालिका अन्र्तगत पशुपन्छी तथा मत्स्य विकास शाखाको आयोजनामा अर्जुनधारा–२स्थित खुदुनाबारीमा एक दिने पशु सेवा घुम्ती शिविर शुक्रबार सम्पन्न भएको छ ।
सह–आयोजक खुदुनाबारी कृषक समूहका अध्यक्ष भीमबहादुर लिम्बूको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि अर्जुनधारा–२का वडाध्यक्ष नरेन्द्रकुमार श्रेष्ठले उद्घाटन गरेका थिए ।
शाखा प्रमुख पदमलाल राईले पशु स्वास्थ्य र पशु बिमा सम्बन्धी तालिमको सहजिकरण गरेको कार्यक्रममा ९५ जना पशुपालक कृषकको सहभागिता रहेको थियो ।
त्यसैगरी शिविरमा सहभागी कृषकहरुलाई जुका, नाम्ले, किर्ना र जुम्राको निःशुल्क औषधीसँगै गोबरको परीक्षण गरिएको थियो । शाखाको चालु आर्थिक वर्ष २०८१÷०८२को स्वीकृत वार्षिक नीति तथा कार्यक्रम अनुसार सञ्चालन भएको उक्त कार्यक्रमबाट त्यस क्षेत्रका चार सय वटा बढी चौपाया प्रत्यक्ष लाभान्वित हुने बताइएको छ ।
अर्जुनधारा नगर कार्यपालिका सदस्य एवम् आर्थिक समितिकी संयोजक गौरीमाया चिमरीयाले मन्तव्य राखेको कार्यक्रममा अर्का नगर कार्यपालिका सदस्य बिमला रोक्का, वडा सदस्यद्वय प्रेमबहादुर उपरकोटी र बलबहादुर मगरलगायतको आतिथ्य रहेको थियो । उक्त कार्यक्रमको सञ्चालन समूहका सचिव हरिप्रसाद घिमिरेले गरेका थिए ।