पथरीशनिश्चरे,
मोरङको लेटाङमा भिरबाट लडेर १ जनाको मृत्यु भएको छ ।
भिरबाट लडेर लेटाङ नगरपालिका–१ का ३३ वर्षीय सन्तोष लिम्बूको मृत्यु भएको प्रहरीले जनाएको हो ।
आफ्नै बाँसघारीमा बाँस काट्ने क्रममा लिम्बू शनिबार अपरान्ह ४ः३० बजेतिर भिरबाट खसेका थिए । अन्दाजी ३० मिटर तल खसेर गम्भीर घाइते भएका उनलाई आफन्तले उद्धार गरेर उपचारका लागि लेटाङकै बिरण अस्पताल लगेका थिए ।अस्पताल पुर्याउनसाथ साँझ ६ः३० बजेतिर चिकित्सकले मृत घोषित गरेको जानकारी प्रहरीले दिएको छ ।
आवश्यक कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर लगिएको छ ।इलाका प्रहरी कार्यालय लेटाङका इन्स्पेक्टर राकेश रेग्मी नेतृत्वको टोलीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।