नानीको उपचारमा बिर्तामोड चिल्ड्रेन हस्पिटलको योग्दान बिर्सन सक्दिन– अनुष्का

0
866

बिर्तामोड । 

इलामको माई नगरपालिका–३ की अनुष्का लिम्बूले आफ्नो तीन महिनाको शिशु विरामी भएपछि बिर्तामोड चिल्ड्रेन अस्पताल भर्ना गरिन् । तीन महिनाको छोरी नोरसिंह तामाङको मुटुमा समस्या रहेको थियो । तर, चिल्ड्रेन अस्पताल भने उनले उच्च ज्वरो आएपछि भर्ना गरेकी थिइन् । शिशुको रगतमा किटाणु फैलिएको अस्थामा अस्पताल ल्याएपछि उनको उपचारमा हस्पिटलले अथक प्रयास गरेको थियो ।

उनको उपचारकै क्रममा आमाको दूध सर्केर शिशुको फोक्सोमा पुगेको थियो । यस्तो अवस्थामा तत्काल चिकित्सकले ध्यान नदिने हो भने कतिपयको ज्यान नै जाने जोखिम हुन्छ तर, बिर्तामोड चिल्ड्रेन अस्पतालका प्रबन्ध निर्देशक समेत रहेका बालरोग विशेषज्ञ डा. रुपक आचार्यसहितको चिकित्सकको टिम अथक मेनहतपछि बच्चाको सफल उपचार गर्न सफल भएको छ ।

जन्मन साथ मुटुमा समस्या देखिएपछि काठमाण्डौं टिचिङ अस्पतालमा ३७ दिनसम्म उपचार गराएर घर ल्याइएको आमा अनुष्का बताउँछिन् । उनले भनिन्– ‘नानीलाई ज्वरो आयो निको नभएपछि नानीलाई चिल्ड्रेन अस्पताल ल्याएँ । यहाँ पनि हामीले नानीलाई एक हिसाबले माया मारेका थियौं तर, चिकित्सक र नर्सहरुले यति धेरै गर्नुभयो आज मेरो छोरी निको भएर घर लैजाँदैछु ।’ शिशुहरुमा निमोनियाको संक्रमण धेरै छिटो हुने र ढुसीसहितको निमोनिया भने गम्भिर खालको हुने बाल रोग विशेष डा.आचार्य बताउँछन् ।

तीन महिनाको शिशु मुटुमा पनि समस्या रहेका अवस्थामा चिकित्सकको अथक प्रयास तथा उच्च गुणस्तरको प्रविधिका साथै ६ दिन सम्म भेन्टिलेटरमा राखेर उपचार गर्नुप¥र्यो । वालरोग विशेषज्ञ डा. आचार्य भन्छन्– ‘बच्चाले मृत्युसंग ठूलो संघर्ष गरेको छ । एक हिसाबले हामीले पनि माया मानुपर्ने अवस्था आएको थियो । तर, कति पनि आत्मबल कमी नगरी हामीले निरन्तर शिशुको उपचारमा ध्यान दियौं । आज बच्चा ठिक भएर घर जाँदैछ भन्दा हामीलाई हाम्रो उपचार प्रति शिशुको परिवारले गर्नुभएको विश्वाासको म प्रसंशा गर्दछु ।’

शिशुलााई अझै पनि संक्रमणबाट जोगाउनुपर्ने भएकाले उसको हेरचहारमा ध्यान दिनका साथै समाधानका उपायका बारेमा समेत अभिभावकलाई जानकारी गराएको डा.आर्चायको भनाई छ । शिशुको उपचारकै क्रममा आमाको दूध सर्के फोक्सोमा पुगेको अवस्थामा तत्काल विशेषज्ञ चिकित्सकको निगरानीसहितको उपचारले नानी ४५ दिनपछि ठिक भएर सामान्य अवस्थामा घर पठाउन पाँउदा अस्पताल परिवार ज्यादै खुशी भएको डा. आचार्यले बताए । उनले भने– मैले धेरै बच्चाहरुको उपचार गरेको छु तर,यो नानीको उपचारलाई म भुल्न सक्दिन । नानीको उपचार सफल बनाउन अभिभावक, चिकित्सक, नर्स लगायत सबैको ठूलो मेनहत हुनेभन्दै उनले सबैलाई धन्यवाद दिए । कृत्रिम श्वास फर्ने अवस्थामा पुगेका शिशुलाई ठिक पार्नु र ठिक हुनु लाखौंमा एक मात्रै हुने बताइएको छ ।

आफुहरुले ४५ दिनसम्म अस्पतालमा राखेर छोरीको उपचार गरेपनि आफुहरु अत्यन्त सन्तुष्ट रहेको आमा अनुष्काले बताइन् । उनले अस्पतालको सिंगो टिमलाई धन्यवाद दिइन् । पछिल्लो समय बालबालिकाको लागि छुट्टै उपचार गर्दै आएको बिर्तामोड चिल्ड्रेन हस्पिटलले धेरैको विश्वास जित्दै गएको छ । बालकालिका सम्बन्धि सबै रोगको उपचार गर्ने उद्धेश्यले सञ्चालनमा आएको बिर्तामोड चिल्ड्रेन हस्पिटलले रोगको पहिचान गरेर मात्रै उपचार शुरु गर्ने गरेको अस्पतालकी सिईओ डा.सुजता मैनाली आर्चायले बताइन् ।

बिर्तामोड चिल्ड्रेन अस्पतालमा डा. रुपक आचार्यसहि डा. पदम सागर चापागाई, डा।इन्द्र साह, डा.सुजता मैनाली आचार्य, डा. सरोज साह, डा. विवेक महासेठ, डा. मनिस मण्डल लगायतका चिकित्सक तथा पुष्पा थापा, आशा बस्नेत, मञ्जु गौतम, अनुजा चौधरी, शोभा श्रेष्ठ लगायतको नर्सिङ टिमले शिशु तामाङको उपचारका खटिएको थियो । नानीको जटिल अवस्था रहेकाले तत्काल आवश्यक पर्ने औषधि तथा परिवारसंग समन्व्य अस्पतालकी अध्यक्ष लीला मैनाली, राजेन्द्र मैनाली लगायतको टिमले गरेको थियो । बिर्तामोड चिल्ड्रेन अस्पतालले नवजात शिशु तथा बालबालिकाको सफल उपचार गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here