लागूऔषध सहित ४ जना पक्राउ

0
22

विराटनगर।

झापा, सुनसरी र तेह्रथुमबाट लागूऔषध सहित ४ जना पक्राउ परेका छन ।

झापाको बिर्तामोड स्थित अस्थायी प्रहरी पोष्ट बसपार्कको प्रहरी टोलीले अर्जुनधारा नगरपालिका-१ स्थितबाट ताप्लेजुङ फुङ्लिङ नगरपालिका-६ का २१ बर्षीय युगल दर्जी सिवालाई १ ग्राम ३२० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।

यसैगरी सुनसरीको इलाका प्रहरी कार्यालय पकलीले रामधुनी नगरपालिका-३ का २२ बर्षीय मनिष तामाङलाई ४ सय २० मिलिग्राम ब्राउन सुगर सहित र इलाका प्रहरी कार्यालय लौकहीले भोक्राहा नर्सिङ गाउँपालिका-६ का एक वालकलाई १ हजार ४ सय १० चक्की ट्रमाडोल सहित नियन्त्रणमा लिएको छ ।

सोही दिन तेह्रथुमको प्रहरी चौकी जिरिखिम्तिबाट खटिएको गस्ती टोलीले म्याङ्लुङ-८ का कवुहाङ लिम्वुलाई निषेधित औषधी ८ सय चक्की सहित पक्राउ गरेको छ । लागूऔषधसहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान तथा कानूनी कारवाही भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here