अर्जुनधारा।

अनुमति विना कक्षा सञ्चालन गरिएका विद्यालयमा विद्यार्थीहरुलाई भर्ना नगर्न निजी तथा आवासिय विद्यालय संगठन(प्याब्सन) अर्जुनधाराले आह्वान गरेको छ ।
नव वर्ष एवम् शैक्षिक सत्र २०८२को अवसरमा प्याब्सन अर्जुनधाराले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उक्त आह्वान गरिएको हो ।
प्याब्सन अर्जुनधाराका अध्यक्ष बालगोपाल गौतमको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि प्याब्सन झापाका उपाध्यक्ष टिकाराम गौतमले उद्घाटन गरेका थिए ।
कार्यक्रममा अर्जुनधारा नगरपालिका अन्र्तगत शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख हरिबहादुर कवर, प्याब्सन झापाका उपाध्यक्ष ईश्वरा श्रेष्ठ, सदस्य सुमन शर्मा जम्मरकट्टेल, प्याब्सन अर्जुनधाराका प्रमुख सल्लाहकार रुद्र सिटौला, संस्थापक प्रधानाध्यापक मातृकाप्रसाद निरौलालगायतले शुभकामना मन्तव्य राखेका थिए ।
प्याब्सनका उपाध्यक्ष प्रविन कार्कीले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सचिव ताराप्रसाद नेपालले गरेका थिए ।