बिराटनगर,
नेकपा एमाले मोरङ सुन्दरहरैंचाको दोस्रो नगर अधिवेशनबाट अध्यक्ष पदमा डिल्ली ढकाल विजयी भएका छन् । नयाँ नेतृत्व चयनका लागि २८८ मतदातामध्ये २८६ जनाले मतदान गरेका थिए ।
अध्यक्ष पदमा डिल्लीप्रसाद ढकालले १५७ मत ल्याएर विजयी हुँदा अर्का प्रतिष्पर्धी हेमराज सुवेदीले ११५ मत ल्याएका थिए। उपाध्यक्ष पदमा दुर्गा भट्टराई १६४ मतसहित विजयी हुँदा प्रतिष्पर्धी अम्बिका दाहाल (निरौला) ले १०० मत ल्याए।
सचिव पदमा दावा लामा १४९ मत ल्याई विजयी हुँदा अर्का प्रतिष्पर्धी विशाल गुरागाईंले १२१ मत मात्र ल्याए। उपसचिव पदमा खगेन्द्र लिम्बू १६५ मत र राजेन्द्र धमला १२६ मत ल्याएर विजयी भए। अन्य प्रतिष्पर्धी युवराज पौडेलले ११४ मत र शोभितमान पौडेलले १०५ मत प्राप्त गरेका छन्।