वडाध्यक्ष टोलस्तरीय फुटबलमा सैनिक विजयी

0
53

रत्नबहादुर बस्नेत
बिर्तामोड ।

झापाको बिर्तामोड-१० सैनिकबजारमा भएको वडाध्यक्ष टोलस्तरिय फूटबल प्रतियोगिताको फाइनल खेलमा सैनिक टोल विजयी भएको छ। स्थानीय महेन्द्रज्योति माविको खेलमैदानमा भएको खेलमा नमूना टोललाई सून्यको विरुद्ध १ गोलले जित हासिल गरेको थियो। निर्धारित समय समाप्त हुनुभन्दा १५ मिनेट अघि सैनिकबजार टोलका खेलाडी विप्लव गुरुङले गोल गरेका थिए।

खेलको म्यान अफ द म्याच भएका थिए। बिर्तामोड -१० का २७ वटै टोलका ८ टीमको सहभागिता रहेको खेलमा विजय टीमले नगद ३१ हजार र उपविजेताले २१ हजार प्राप्त गरेको आयोजक समितिका अध्यक्ष सुरेन्द्र तुम्रोकले जानकारी दिए। खेलको म्यान द म्याच विप्लव गुरुङ भएका थिए। विजेतालाई बिर्तामोड नगरालिका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, वडाध्यक्ष दुर्योधन गुरुङ, सूर्यप्रसाद कन्दङ्वालगायत जलकुमार गुरुङ, अतिथिहरुले पुरस्कार प्रदान गरेका थिए।

त्यसैगरी सोही दिन खुला महिला म्याराथन दौड प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने क्रमशः साइना गुरुङ, देविका तामाङ, अञ्जु गुरुङ र आरती राईलाई ६ हजार, ४ हजार , २ हजार ५ सय र १ हजार ५ सय नगद पुरस्कार प्रदाज गरिएको थियो। त्यस्तै खेल सञ्चालनमा सहयोग गर्ने रेवतबहादुर श्रेष्ठ र रञ्जित वान्तवा राईलाई सम्मान पत्रले सम्मान गरिएको थियो।

बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महतरा प्रसाईको प्रमुख आतिथ्यमा भएक१ कार्यक्रममा आयोजक वडा खेलकूद विकास समितिका अध्यक्ष सुरेन्द्र तुम्रोकको सभापतित्व रहेको थियो। वडा सदस्य धनमाया श्रेष्ठ, निवर्तमान वडा सदस्य गीता पोखरेल, भक्तसिह राजबंशी, सैनिक सेवा समाजका अध्यक्ष कर्णबहादुर गुरुङ, सैनिक टोल विकास संस्थाका अध्यक्ष कविता घले गुरुङ, विशाल कृषि सहकारीका अध्यक्ष सन्तोष राईलगायतको आतिथ्य रहेको कार्यक्रमको सञ्चालन आयोजक संस्थाका सचिव नरेन तामाङले गरेका थिइन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here