उर्लाबारी।
पूर्वोत्तर मोरङका पत्रकारहरुको साझा संस्था ‘सञ्चार क्लब नेपाल उर्लाबारी’ को भवन निर्माण कार्य सुरु भएको छ ।
उर्लाबारी -६ निर्माणाधीन बसपार्कबाट उत्तरतर्फ ६ कठ्ठा जग्गामा भवन निर्माण कार्य सुरु भएको हो । उक्त संस्थाका लागि आवश्यक जग्गा स्थानिय अमृत तामाङ, ज्ञानु बास्कोटा र जंगबहादुर कार्कीले नि:शुल्क प्रदान गर्नुभएको छ।
उक्त भवनको यही बैशाख ०४ गते बुधबार विहानै विधिवत् रूपमा शिलान्यास गरिने क्लबका अध्यक्ष कुमार खड्काले जानकारी दिएका छन्। भवन निर्माणको लागि चालु आर्थिक वर्ष २०८१/०८२ मा कोशी प्रदेश भौतिक पुर्वाधार विकास मन्त्रालयबाट १० लाख र सामाजिक विकास मन्त्रालयबाट ७ लाख रुपैयाँ विनियोजन भएको छ ।
सो रकमबाट यस वर्ष निर्माणको सुरुवात गरिने क्लबका महासचिव तिलक नेपालीले बताउनु भयो। उर्लाबारी नगरपालिका , प्रदेश सरकार र संघीय सरकारसँग आवश्यक बजेट माग गरि आगामी आ.व. २०८२/०८३ मा निर्माण सम्पन्न गर्ने लक्ष्य लिईएको छ।