सप्तकोशी नदी किनारबाट गाँजा बरामद

0
18

उदयपुर।

उदयपुरको बेलका नगरपालिका–८ स्थित सप्तकोशी नदी किनारमा वेवारिसे अवस्थामा रहेको एक सय ८० किलोग्राम गाँजा प्रहरीले वरामद गरेको छ ।

विशेष सूचनाको आधारमा उदयपुरको इलाका प्रहरी कार्यालय रामपुरठोक्सिला र अस्थायी प्रहरी पोष्ट कोठुबाट खटिएको प्रहरी टोलीले दुईवटा ट्युवमाथि नदी किनारमा पानीमा तैरी रहेको अवस्थामा ६ वटा प्लाष्टिकको बोरामा गाँजा बरामद गरेको हो ।

उक्त गाँजा इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलामा राखिएको छ भने ओसार पसारमा संलग्न व्यक्तिहरुको खोजी कार्य भईरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here