झापा, सवारी दुर्घटनामा परी झापामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका ८ बस्ने ६० वर्षीय पुष्प दास दर्जी रहेका छन् ।
सोमवार साँझ शिवसताक्षी नगरपालिका ८ बुद्ध चौकस्थित पूर्वपश्चिम राजमार्गमा डुँडामारी चौकबाट झिलझिलेतर्फ जाँदै गरेको प्र १–०१–०१७ प ६५६९ नम्बरको मोटरसाइकलले पैदलयात्री दर्जीलाई ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते उनलाई उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पताल ल्याइएको र उनको उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ ।
यता मोटरसाइकल चालक शिवसताक्षी नगरपालिका ८ बस्ने ३० वर्षीय दुरेन शेर्मा लिम्बूलाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको छ ।