करणी गर्ने र मैथुन गराउने दुई जना पक्राउ

0
59

झापा । १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्सा वीरगञ्ज महानगरपालिका–२ घर भएका २४ वर्षीय दिलबर खान रहेका छन् ।

खानले ती बालिकालाई मेचीनगर नगरपालिका–९ संगम चोकस्थित साईकिर्पा कपी उद्योगमा शनिबार राति जबरजस्ती करणी गरेको उजुरीका आधारमा पक्राउ गरिएको हो । उनलाई इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
यता बालकलाई अप्राकृतिक मैथुन गर्दा अर्का एक व्यक्ति पक्राउ परेका छन् । ११ वर्षीय बालकलाई ललाइफकाई अप्राकृतिक मैथुन गरेको आरोपमा प्रहरीले २६ वर्षीय अञ्जनशंकर विकलाई पक्राउ गरेको हो । पक्राउ पर्ने विक इलाम माई नगरपालिका–९ चिसापानी घर भई हाल ज्यामिरगढीमा डेरा गरी बस्दै आएका थिए ।

चैत ३० गते साँझ ६ः३० बजे मेचीनगर–१५ ज्यामिरगढीमा विकले ११ वर्षीय बालकलाई ललाइफकाई एकान्तमा लगेर अप्राकृतिक मैथुन गरेको प्रहरीले जनाएको छ । पीडितका तर्फबाट इलाका प्रहरी कार्यालय धुलाबारीमा जाहेरी परेपछि प्रहरीले विकलाई नियन्त्रणमा लिएको हो । पीडित र पीडक दुवै पक्षलाई यौनजन्य स्वास्थ्य परीक्षणको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ ।

उता मोरङ विराटनगर महानगरपालिका–१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ७० मिलिग्रामसहित सुनसरी धरान उपमहानगरपालिका–१७ बस्ने ४० वर्षीय राज श्रेष्ठलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here