नक्कली सेना बनेर युवतीलाई जबरजस्ती करणी गर्ने पक्राउ

0
42

झापा ।

नक्कली सेना बनेर युवतीलाई जबरजस्ती करणी गर्ने एक ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाली सेनाको नक्कली पोसाक लगएर डर त्रास देखाई जबरजस्ती करणी गरेको आरोपमा पाँचथरको फाल्गुनन्द गाउँपालिका–३ का ३० वर्षीय पदमकुमार तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

तामाङलाई चैत्र ३१ गते जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरी टोलीले इलाम– ७ बाट पक्राउ गरिएको र जिल्ला अदालत इलामबाट सात दिन म्याद थप गरी अनुसन्धान भइरहेको समेत प्रहरीले जनाएको छ ।

तामाङले नेपाली सेनाको सहसेनानी दर्ज्यानी युक्त नक्कली पोसाक प्रयोग गरी विवाह गर्ने प्रलोभन तथा डर त्रासमा समेत पारे एक युवतीलाई जबरजस्ती करणी गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here