मोरङ ।
मोरङको उर्लावारी नगरपालिका–८ राजघाटबाट २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ३७ वर्षीय मनोज धामी पक्राउ परेका छन् ।
धामीले ती महिलालाई गत चैत २८ गते राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय उर्लावारीबाट खटिएको प्रहरीले मंगलबारराति उनलाई उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।