झापामा कोशी प्रदेश स्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनी , १५० वटा विद्यालयलाई सहभागी गराइने

0
16

सुरेन्द्र भण्डारी

झापा, कोशी प्रदेशका एक सय ५० वटा विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सहभागी गराउँदै झापाको बिर्तामोडमा प्रदेश स्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनीको आयोजना गरिएको छ ।
नेकपा एमाले विज्ञान तथा प्रविधि विभाग कोशीको आयोजनामा प्रत्येक जिल्लाका दश÷दश विद्यालय र झापाका वटा २० विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सहभागी गराउँदै आगामी जेठ १ देखि ३ गतेसम्म बिर्तामोडस्थित देवी माध्यमिक विद्यालयमा विज्ञान प्रदर्शनीको आयोजना गरिएको हो ।
प्रदर्शनीमा सामुदायिक तथा संस्थागत विद्यालयमा माध्यमिक तह ( कक्षा ९ – कक्षा १२)मा अध्ययनरत विद्यार्थीले सहभागीता जनाउन पाउने बुधवार झापाको बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी गराइएको छ ।
प्रतियोगितामा उत्कृष्ठ हुनेलाई नगद चार लाख रुपैयाँ पुरस्कार प्रदान गरिने छ भने द्वितीय हुनेलाई नगद तीन लाख, तृतीय हुनेलाई नगद दुई लाख र सान्तवना पुरस्कार एक लाख रुपैयाँ रहेको नेकपा एमाले विज्ञान तथा प्रविधि विभाग कोशीका संयोजक गणेश पोखरेलले जानकारी दिनुभयो ।गणेश पोखरेल , संयोजक – नेपाल कम्युनिष्ट पार्टी (एमाले)  विज्ञान तथा प्रविधि विभाग कोशी


त्यस्तै प्रतिभा प्रोत्साहन पुरस्कार २५ वटा प्रदर्शनीलाई नगद २५ हजार रुपैयाँका दरले प्रदान गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
विद्यार्थीमा रहेको विज्ञान तथा प्रविधि सम्वन्धि खोज, तथा अनुसन्धानलाई प्रस्तुत गर्ने अवसर प्रदान गर्दै विद्यार्थीका मैलिक प्रकृतिका आविस्कार तथा अन्वेषणलाई प्रत्साहन गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको कार्यक्रम संयोजक पोखरेलले बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका नेकपा एमाले कोशीका इञ्चार्ज तथा पूर्व मुख्यमन्त्री शेरधन राईले आईटी प्रविधिको विकासले प्राप्त गरेका नवीनतम उपलब्धिलाई विद्यार्थी माझ प्रस्तुत गर्दै वैज्ञानिक चिन्तन तथा खोज अनुसन्धानमा विद्यालय तहका विद्यार्थीलाई उत्प्रेरित गर्न मद्दत पुग्नेगरी पार्टीको तर्फबाट गरिएको यो कार्यक्रम नेपालकै पहिलो भएको दावी गर्नुभयो । उहाँले शिक्षा, विज्ञान तथा प्रविधिसंग सम्वन्धित विभिन्न सामग्रीहरु एकै ठाउँमा विद्यार्थीले अवलोकन गर्ने अवसर पाउने समेत बताउनुभयो । शेरधन राई , इञ्चार्ज : नेपाल कम्युनिष्ट पार्टी (एमाले)  कोशी


तीन दिनसम्म सञ्चालन हुने प्रर्दशनीमा एक लाख विद्यार्थीले अवलोकन गर्ने अपेक्षा गरिएको छ । प्रर्दशनीमा विद्यालय तथा क्याम्पसका विद्यार्थी र विज्ञान प्रविधिसंग रुची राख्ने सबैलाई निःशुल्क प्रवेश गराइने छ । प्रदर्शनीमा पाँच यस विद्यार्थी प्रत्यक्ष प्रतिष्पर्धामा सहभागी हुने जनाइएको छ ।
प्रदर्शनी सम्पन्न गर्न ३५ लाख बढी खर्च लाग्ने बताइएको छ । प्रदर्शनीको प्राविधिक पक्षको सहयोगका लागि विद्यालयका विज्ञान तथा प्रविधिका शिक्षकहरुको समूहले भूमिका निर्वाह गर्ने र युथ पावर फाउण्डेशनसंग सहकार्य गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिता सम्पन्न गर्न स्थानीय तह, प्रदेश सरकार र विभिन्न व्यक्ति र संस्थासंग सहकार्य गरिने जनाइएको छ ।
विज्ञान प्रदर्शनीकै अवसर पारेर छुट्टै कार्यशालाको समेत आयोजना गरिने र कार्यशालामा सम्वन्धित विधाका विज्ञहरुले सहजीकरण गर्ने बताइएको छ । खगोल विज्ञान र आकासीय पिण्डको टेलिस्ककोपबाट सन्ध्याकालीन अवलोकन, एआई प्रविधिको विकास, उपलब्धि र चुनौति, ‘बा’संग बालबालिका र अन्तरक्रिया, नेतृत्वसंग युवाका प्रश्न र उत्तर अन्तरक्रिया, नेकपा एमाले कोशीका इञ्चार्ज शेरधन राई, पार्टीका अध्यक्ष घनश्याम खतिवडा र कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीसंग छुट्टा–छुट्टै प्रेरणादायिक व्यक्तित्वहरुका जीवनी तथा प्रवचन लगायतका विषय कार्यक्रममा समावेश गराइने बताइएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here