म्याग्दी,

यहाँको अन्नपूर्ण गाउँपालिका–६ स्थित घोडेपानी–पुनहिल क्षेत्रको भ्रमणमा आउने पर्यटकको सङ्ख्या विसं २०८० को तुलनामा विसं २०८१ मा बढेको छ ।
पर्यटक प्रहरी चौकी घोडेपानीका अनुसार विसं २०८० मा ३१ हजार ४३९ जना पर्यटक आएकामा विसं २०८१ मा ३२ हजार ३५० आएका छन् । चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक अरविन्द्र कडेलले अघिल्लो वर्षको तुलनामा विसं २०८१ मा ९११ जना बढी पर्यटक आएको जानकारी दिनुभयो ।
सबैभन्दा बढी कात्तिक महिनामा पाँच हजार ८१८ र त्यसपछि चैतमा पाँच हजार ६५८ जना पर्यटक आएका छन् । समुन्द्र सतहदेखि तीन हजार २१० मिटर उचाइमा अवस्थित पुनहिलमा सूर्योदय, गुराँसे जङ्गल र हिमशृङ्खलाको अवलोकन गर्न आउने पर्यटक घोडेपानीमा बास बस्ने गर्दछन् ।
घोडेपानीमा बास बस्ने पर्यटकहरु एकाबिहानै पुनहिल भ्रमणमा जाने गर्दछन् । घोडेपानीमा साना ठूलागरी २७ होटल छन् । ती होटलमा एक दिनमा एक हजार जना बास बस्नसक्ने क्षमता रहेको छ । पुनहिल प्रवेश शुल्क र पुनहिलमा चिया पसल सञ्चालन गर्न अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षका लागि रु ४० लाख एक हजारमा ठेक्का सम्झौता गरेको छ । पुनहिल प्रवेश गर्न नेपालीले रु ५० र विदेशीले रु १५० प्रतिव्यक्तिका दरले शुल्क तिर्नुपर्छ ।
पुनहिलबाट धौलागिरि, सिस्ने, गुर्जा, मानापाथी, नीलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे, मनास्लु हिमालको अवलोकन गर्न सकिन्छ । सूर्योदयको दृष्यावलोकन गर्न पाउनु पनि पुनहिलको अर्को विशेषता हो । घोडेपानी र पुनहिल क्षेत्रमा गण्डकी प्रदेशकै ठूलो लालीगुराँसको जङ्गल छ ।
अनुकूल मौसम र याम सुरु भएसँगै पर्यटकको चहलपहल बढेको घोडेपानीका होटल व्यवसायीसमेत रहनुभएका अन्नपूर्ण गाउँपालिकाका पूर्वध्यक्ष डमबहादुर पुनले बताउनुभयो । पोखरेबगर–चित्रे–घोडेपानी सडकको घोप्टेखर्कको पहिराका कारण यातायात अवरुद्ध हुँदा सार्वजनिक यातायातमार्फत घोडेपानी घुम्न आउने पर्यटकलाई समस्या भएको उहाँले बताउनुभयो ।
अन्नपूर्ण चक्रीय पदमार्ग परिक्रमा गरी तातोपानी हुँदै कास्कीको वीरे