कतारमा घन्कियो नौमती पन्चे बाजा

0
97

योगेन्द्र योगी 
बिराटनगर :

संखुवासभा समाज कतारले नेपाली लोक संस्कृती लोपोन्मुख नेपाली मौलिकता झल्काउने नेपाली नौमती पन्चे बाजा नेपाल देखि कतार पुर्याएको छ।

संखुवासभा समाज कतारका सस्थापक तथा संरक्षक पर्शुराम दाहालबाट कतारको सनैयामा रहेको लाली गुराँस रेस्टुरेन्टमा औंपचारिक रुपमा नौमती पन्चे बाजाको उद्धघाटन गरिएको समाजका अध्यक्ष राजेन्द्र खनालले जानकारी दिए।

पछिल्लो समय लोप हुदै गएको नौमती पन्चे बाजा र पस्चिमी भाकाहरुको बाहुल्यता बढिरहेको सन्दर्भमा पुर्बेली भाका कला सस्कृतीलाई पनि उजागर गर्नको लागि संखुवासभा समाजले बिदेशी भुमिमा पनि नेपाली कला ,सस्कृति र परम्पराको जगेर्ना गर्ने उदेश्यका साथ पन्चे बाजा कतार भित्र्याएको अध्यक्ष खनालले बताए।

धादिङ सेवा समाज कतारको बृहत साङ्गित कार्यक्रम गर्ने क्रममा नेपालबाट आमन्त्रित चर्चित कलाकार मिलन लामा लाई स्वागतका लागि पनि समाजको नौमती बाजासहित समाजको उपस्थिति रहेको थियो ।

पहिलो पटक प्रवासी भूमि कतारमा नेपाली पञ्चे वाजा धन्कदा सबै जना दङ्ग परेका थिए । आगामी दिनमा दोहामा हुने विविध कार्यक्रमहरुमा संखुवासभाली नौमती पन्चे बाजालाई मायाँ गरिदिन पनि समाजले अनुरोध गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here