झापा, नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले लक्ष्मीप्रसाद आचार्यलाई भूमि समस्या समाधान आयोग झापाको विज्ञ सदस्यमा मनोनित गरेको छ ।
झापा बिर्तामोड ५ निवासी आचार्यलाई मन्त्रीस्तरको निर्णयबाट विज्ञ सदस्यका रुपमा मनोनित गरेको मन्त्रालयका सह सचिव मदन कोइरालाले जानकारी दिए ।
नेपाली कांग्रेस झापा क्षेत्र नम्वर २ प्रदेश निर्वाचन क्षेत्र १ को सभापति , सीके चिन्तन प्रतिष्ठानको महासचिव समेत रहेका आचार्यलाई विज्ञ सदस्य पदमा नियुक्र गर्दै भूमिहीन दलित,भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोवासीको समस्या समाधानमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रीस्तरीय निर्णको आदेशको दफा ८ को उपदफा ३ बमोजिम पदावधि कायम हनेगरी आचार्यलार्ई भूमि समस्या समाधान आयोग झापाको विज्ञ सदस्यमा मनोनित गरिएको बताइएको छ ।