श्रीमानकै योजनामा श्रीमतीको हत्या :  ६ जना पक्राउ गरी प्रहरीले गर्यो सार्वजनिक

0
252

योगेन्द्र योगी
बिराटनगर,

सुनसरीको धरान ६ स्थित पाँचकन्या सामुदायिक बनमा गत चैत्र २५ गते सोमबार  ३४ वर्षीया चुनु कुमारी बुढाथोकीको हत्या गरेको आरोपमा ६ जनालाई प्रहरी पक्राउ गरेको छ। इलाका प्रहरी धरानमा बिहीवार गरेको पत्रकार सम्मेलनमा मार्फत हत्यामा सम्लग्न ६ जनाको नाम सार्वजनिक गरिएको हो ।

धरानको जंगलमा अर्धनग्न अवस्थामा भेटिएकी ३४ वर्षीया चुनुकुमारी दाहाल बुढाथोकीको हत्या उनकै श्रीमान प्रेम दाहालको योजनामा भएको प्रहरी अनुसन्धानबाट खुलेको सुनसरीका एसपी सुमन कुमार तिम्सिनाले जानकारी दिए।

एसपी तिम्सिनाका अनुसार घटनामा संलग्न मध्ये इकेन्द्र बुढाथोकी, निजको श्रीमती सृष्टी बुढाथोकी, डोनु बुढाथोकी र केशवराज दाहाललाई गत चैत २१ गते निजहरुको घरबाट पक्राउ गरिएको बताए। यसैगरी, योगेन्द्र गौतमलाई चैत ३० गते नेपाल भारत सिमाना काकडभिट्टाबाट पक्राउ गरिएको उनले बताए।

घटनाको मुख्य योजनाकार मृतकको श्रीमान प्रेम बुढाथोकीलाई निजको घर परिवारसँग समन्वयमा कोरियाबाट नेपाल झिकाई बैशाख ३ गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको बताए।  अर्का एक भारतिय नागरिक राजु थापा भने फरार रहेको प्रहरीले जनाएको छ।

 

घटनामा प्रयोग भएको योगेन्द्र गौतमको प्रदेश १-०२-०४३ प ६८६२ नम्बरको १५० सिसिको पल्सार मोटरसाईकल थान-१, मधेश प्रदेश ०३-०२६ प ७१४४ नम्बरको आर टी आर  मोटरसाईकल थान-१ र  प्रदेश १-०२-००४४ प १०५९ नम्बरको एफ जेट भि टु  मोटरसाईकल थान-१ बरामद गरिएको पत्रकार सम्मेलन गरेर प्रहरीले जानकारी दिएको छ।

अहिलेसम्मको अनुसन्धानबाट खुले अनुसार घटनाको मुख्य कारणः-भने श्रीमान श्रीमती बिच मनमुटाव र आर्थिक प्रलोभन रहेको प्रहरीले जनाएको छ ।  हत्यापछि सुनसरी प्रहरी र प्रदेश प्रहरी कार्यालय विराटनगरले संयुक्त रूपमा अनुसन्धान थालेका थिए। गोठालो गएकाहरुले जंगल भित्र लसुनेको रुखमुनि शव देखेपछि प्रहरीलाई खबर गरेपछि घटना सार्वजनिक भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here