हेप्पील्याण्ड फनपार्कमा करेन्ट लागेर एक जनाको मृत्यु

0
88

झापा।

झापाको कन्काई नगरपालिका वडा नं २ मा रहेको हेप्पील्याण्ड फनपार्कमा करेन्ट लागेर एक ब्यक्तिको मृत्यु भएको छ ।

मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका–९ का ४५ वर्षीय सन्तोष लिम्बू रहेका छन् । हेप्पील्याण्ड फनपार्कभित्र बिजुलीको काम गर्ने लिम्बूलाई बिजुली मर्मत गर्ने क्रममा अचानक करेन्ट लागेको थियो ।

उनलाई उपचारको लागि कनकाई नगर अस्पताल सुरुङ्गा पुर्याउनासाथ चिकित्सकले चेकजाँच गर्दा मृत्यु भइसकेको थियो । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here