उदयपुरका विपन्न किसानलाई उन्नत जातका बाख्रा वितरण

0
136

कटारी (उदयपुर),

उदयपुरको कटारी नगरपालिका–९ आहालेका १२ परिवारलाई ५० वटा बाख्रा वितरण गरिएको छ ।

सङ्घीय सरकार र नगरपालिकाको ५० प्रतिशत अनुदानमा नयाँ बाख्रा पकेट विस्तार कार्यक्रमअन्र्तगत बोयरलगायतका उन्नत जातको बाख्रा वितरण गरिएको हो ।

महाभारत कृषक समूहलाई बाख्रापकेट क्षेत्रको रुपमा विस्तार गर्दै बाख्रा वितरण गरिएको कटारी नगरपालिकाकी उपप्रमुख गीता खड्काले बताउनुभयो । “कृषि गरेर गाउँमै आम्दानी गर्ने र गाउँमै बस्ने वातावरण बनोस् भन्ने उद्देश्यका साथमा यो कार्यक्रम सुरु गरेका हौँ”, उपप्रमुख खड्काले किसानलाई भन्नुभयो, “यसबाट आम्दानी गर्नुहोस् र पकेट क्षेत्र विस्तारमा सहयोग पु¥याउनुहोस् ।”

नगरपालिकाका पशुपन्छी शाखाका प्रमुख विजया कार्कीका अनुसार सङ्घीय सरकार नगरपालिकाको सहकार्यमा रु १५ लाखको लगानीमा बाख्रा पकेट क्षेत्र कार्यक्रम विस्तार गरिएको हो । “सत्र वटा खोर बनाउन थालेका छौँ र कृषकलाई बाख्रा वितरण गरेका छौँ”, प्रमुख कार्कीले भन्नुभयो, “बाख्रापालनका लागि उपयुक्त स्थान भएको क्षेत्रमा यो कार्यक्रम सुरु गरेका हौँ ।”

घाँसपात र बाख्रापालनका लागि उपयुक्त स्थानभएको उल्लेख गर्दै समूहका अध्यक्ष लोकबहादुर मगरले कृषकलाई ठूलो हौसला प्राप्त भएको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here