वीरता जेसीजद्वारा क्यालेण्डर बिमोचन

0
132

बिर्तामोड ।

नयाँ वर्षसंगै वीरता जेसीजले आज एक कार्यक्रमका बीच क्यालेण्डर बिमोचन गरेको छ ।

वीरता जेसीजका अध्यक्ष युवराज कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सभाका सदस्य एवम् वीरता जेसीजका संस्थापक अध्यक्ष जेसीआई सिनेटर गोपालकुमार बस्नेतको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा वीरता जेसीजका पूर्वअध्यक्षहरु राजकुमार पोख्रेल, राजेन्द्र थापा, शेखर ढकाल, प्रशान्त भण्डारी, घनश्यम चौधरी लगायतको आतिथ्य रहेको थियो ।

कार्यक्रममा प्रमुख आतिथी तथा विशिष्ट अतिथीहरुले वीरता जेसीजले समाज परिर्वतन तथा समाजमा सकाारात्मक कार्यहरुलाई अघि बढाउने गरेको भन्दै वर्तमान नेतृत्वले युवाहरुलाई एकिकृत गर्दै अग्रजहरुको साथमा कार्यक्रमहरु सञ्चालन गरिरहेको भन्दै प्रशंसा गरे ।

उनीहरुले वीरता जेसीजले वार्षिक क्यालेण्डर प्रकाशन गरेर आफ्नो कार्यकाललाई अझ ऐतिहासिक बनाउने प्रयन्न गरेको भन्दै रहेक सफलताको शुभकामना ब्यक्त गरेका थिए ।

कार्यक्रममा संस्थाापक अध्यक्ष तथा पूर्वअध्यक्षहरुले वीरता जेसीजले अहिले सञ्चालन गरिरहेको वीरता जेसीजसंग पूर्वअध्यक्ष कार्यक्रमको प्रशंसा गरेका छन् । जेसीज अध्यक्ष कुँवरको प्रशंसा गर्दै उनीहरुले वीरता जेसीजको इतिहासमै पहिलो, फरक र महत्वपूर्ण कार्यक्रम गरिरहेको भन्दै उनीहरुले यस्ता कार्यक्रमले पूर्वअध्यक्ष र वर्तमान अध्यक्ष तथा वर्तमान जेसीजका सम्पूर्ण पदाधिकाारीका साथै सदस्यलाई जोड्ने काम गरेको भन्दै उनीहरुले खुशी ब्यक्त गरे ।

कार्यक्रममा कानुनी सल्ललाहकार अमरजीत साहले जेसीज आस्था वाचन गरेका थिए भने कार्यक्रममा स्वागत कार्यक्रम संयोजक एवम् वीरता जेसीजका उपाध्यक्ष अजयकुमार चौधरीले स्वागत गरेका थिए । कार्यक्रमको सञ्चालन महासचिव विज्ञनराज पौडेलले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here