योगेन्द्र योगी
बिराटनगर,
सुनसरीको बराहक्षेत्र नगरपालिका-१ स्थित सप्तकोशीमा नुहाउने क्रममा २ जना बेपत्ता भएका छन् ।
सुनसरीको इटहरी उप-महानगरपालिका-१६ बालग्रामका ४० बर्षीय नबराज बास्तोला र निजका १६ बर्षीय भान्जा जेनिस आर्चाय बराहक्षेत्र मन्दिर छेउमामा सप्तकोशीमा नुहाउने क्रममा सोमबार बिहान पौने ९ बजे बेपत्ता भएका हुन् ।
पूजा गर्नु अघि नुहाउन कोशीको निशेधित क्षेत्रमा भान्जा जेनिस नुहाउँदै गर्दा बेपत्ता भएपछि भान्जालाई बचाउने क्रममा मामा नवराज पनि बेपत्ता भएको प्रहरीले जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
घटना बारेमा जानकारी पाउँनासाथ बेपत्ता भएका मामा र भान्जाको खोजतलाशको लागी सुनसरीको इलाका प्रहरी कार्यालय चतारा, प्रहरी चौकी बराहक्षेत्रबाट प्रहरीको टोली खटिएको छ बने सशस्त्र प्रहरीको १५ जना गोताखोर टोली समेत खोजतलाशमा खटिएको प्रहरीले जनाएको छ ।