भालुले आक्रमण गर्दा एक महिला घाइते

0
21

उदयपुर ।

उदयपुरमा भालुको आक्रमणमा परी एक महिला घाइते भएकी छन् ।

उदयपुरको कटारी नगरपालिकाकी पञ्चमाया तामाङलाई भालुले आक्रमण गरेर घाइते बनाएको हो । सोमबार बिहान कटारी २ गराँसस्थित नारायणी सामुदायिक वन उपभोक्ता समूहको जङ्गलमा भालुले आक्रमण गर्दा ४६ वर्षीया तामाङ घाइते भएकी हुन्।

जङ्गलमा घाँस काट्न गएकी तामाङलाई एक्कासी भालुले आक्रमण गरेर घाइते बनाएको डिभिजन वन कार्यालय कटारीका वन अधिकृत हिरालाल शर्माले बताए। भालुले आक्रमण गरेपछि कहालिँदै प्रतिकार गर्दा भालु आफैँ भागेको घाइतेलाई उद्धृत गर्दै शर्माले बताए।

तामाङको तिघ्रा, हात र खुट्टालगायत विभिन्न भागमा चोटपटक लागेको छ। भालुको आक्रमणपछि स्थानीय त्रसित भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here