हराएको ११६ बर्षपछि कुशको लाश बनाएर दाहसंस्कार

0
71

चारपाने ।

झापामा हजुरबुबा हराएको एक सय १६ बर्षपछि परिवारले दाहसंस्कारसहित काजक्रिया गरिरहेका छन् । बिर्तामोड–२ स्थित बेलडाँगीका गिरी परिवारले ११६ बर्ष अघि हराएका आफ्ना हजुरबुबाको काजक्रिया गरिरहेका हुन् ।

नेपाल दशनामी समाज झापाका अध्यक्ष तथा झापा गोल्डकपका अध्यक्ष केदार गिरी, ब्यवसायी तथा सामाजिक ब्यक्तित्व पार्वता गिरी, कुमार गिरी, नेपाल दशनामी समाज बिर्तामोड नगर सह–सचिव बिनोद गिरी (बद्री) सहित परिवारले हाल काजकिरिया गरिरहेका छन् ।

हराएको १०० बर्षपछि मृत्यु भएको घोषणासँगै दाहसंस्कारसहित काजकिरिया गर्ने परम्परा अनुसार गिरी परिवारले पनि कुशको लाश बनाएर गत बैशाख २ गते झापाको धार्मिक तथा पर्यटकीय स्थल कनकाई माई आर्यघाटमा दाहसंस्कार गरेका थिए ।

हाल गिरी परिवारको घरमा आफ्नो परम्परा अनुसार काजकिरिया भइरहेको हराएका लक्ष्मण गिरीकी बुहारी लक्ष्मीदेबी गिरीले जानकारी दिइन् । १३ बर्षको उमेरमा धनकुटा जिल्लाको लाप्चेटारबाट हराएका लक्ष्मण गिरीको कोरोढिकुरोसहित काजकिरियामा उनका नाती बिनोद गिरी (बद्री) र उनकी श्रीमती मन्जु गिरी बसेका छन् ।

आज सातौं पुन्य तिथिमा नेपाल दशनामी समाज बिर्तामोड नगर समितिले समवेदनासमेत दिएको छ । समाजका नगर अध्यक्ष खड्गराज गिरी, उपाध्यक्ष खेमराज गिरी, सचिव प्रजित पुरी, कोषाध्यक्ष बिदुर गिरी, सदस्य रणबहादुर गिरी, पुनम पुरीसहितको टोलीले मृत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त गिरी परिवारलाई समवेदना दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here