अर्जुनधारा–१०मा ज्येष्ठ माता सम्मानित

0
129
अर्जुनधारा, झापाको अर्जुनधारा–१०स्थित जलकन्या महिला समूहको आयोजना र अर्जुनधारा–१० नं. वडा कार्यालयको व्यवस्थापनमा सोमबार एक कार्यक्रमकोबीच ज्येष्ठ माताहरुलाई सम्मानित गरिएको छ । 
ज्येष्ठ नागरिकहरुलाई प्रत्येक वर्ष सम्मान गर्ने वडाको कार्यक्रम एवम् मातातीर्थ औंसीको अवसरमा उनीहरुलाई सम्मानित गरिएको कार्यालयका वडासचिव त्रिविक्रम पोखरेलले जानकारी दिए ।
स्थानीय ज्येष्ठ नागरिक मिलन केन्द्रको सभाहलमा समूहकी अध्यक्ष गीता न्यौपानेको अध्यक्षता र अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा ८६ वर्षदेखि १०२ वर्ष उमेर समूहका २५  जना मातालाई बर्को ओढाई सम्मानित गरिएको थियो ।
त्यस्तै कार्यक्रमका सहभागी ६० वर्ष माथिका २५ जना बढी मातालाई पनि सम्मानित गरिएको थियो । कार्यक्रममा समूहकी सदस्य मैयाँ बाँस्कोटाले राष्ट्रिय गीत प्रस्तुत गरेकी थिइन् ।
त्यसैगरी कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा वडावासीहरुलाई लक्षित गरि वडा अन्र्तगतको विभिन्न टोलमा नागरिक आरोग्य कार्यक्रम पनि सञ्चालन गर्ने वडाको तयारी रहेको वडाध्यक्ष भूपेन्द्र न्यौपानेले जानकारी दिए ।
समूहकी सदस्य सीता बस्नेतले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन अर्का सदस्य सरिता तिम्सिनाले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here