विषादी व्यवस्थापन राज्यको दायित्व

0
16

नेपालमा तरकारीको उत्पादन विगत केही वर्षदेखि बढ्दै गएको छ । भान्सामा नभई नहुने तरकारी खेतीमा राज्यले सहुलियत, व्यवसायिक उत्पादनमा लागेका हुन् । यही कारणले तरकारीको उत्पादन वृद्धि हुँदै गएको हो । घरायसी प्रयोगका साथै बजार पु¥याएर बिक्री गर्न पाउँदा आर्थिक उपार्जनको आधार भएको तरकारी यतिबेला ग्रामीण क्षेत्रमा व्यवसायिक रुपले उत्पादन भइरहेको छ ।

एक तथ्यांक अनुसार नेपालमा हाल करिब तीन लाख हेक्टर क्षेत्रफलमा तरकारी खेती भइरहेको छ । जहाँबाट करिब ४१ लाख मेट्रिक टन ताजा तरकारी उत्पादन भइरहेको छ । तरकारीको व्यावसायिक खेतीबाट धेरैले रोजगारी पनि पाएका छन् । तर, सरकारले रसायनिक मल तथा गुणस्तरीय र उन्नत बीऊबिजन समयमै उपलब्ध नगराएका कारण अपेक्षित लाभ लिन भने सकिएको छैन । अनि पनि केही कृषि उपज आलु, ब्याज, लसुन बाहेकका ताजा तरिकारीमा नेपाल पछिल्लो समय आत्मनिर्भरतातर्फ उन्मुख भएको छ । तरकारीको खेती बिस्तार, उत्पादन वृद्धि र आर्थिक उपार्जनमा समेत सहयोगी बनेको यसको खेतीमा प्रयोग गरिने विषादीको प्रयोगमा देखिएको असंवेदनशीलता र लापरवाहीले यही तरकारी हाम्रो देशमै असामयिक मृत्युको कारण बनिन थालेको छ ।

खेतीमा लाग्ने अनेक प्रकारका रोग र किरालाई मार्न प्रयोग गरिने विषादीको अति प्रयोगले नेपालमा क्यान्सर जस्तो असाध्य रोगीको संख्या बढ्दै गएको छ । रोग तथा किरा नियन्त्रणका लागि प्रयोग गरिने रसायनिक विषादीको असर कम गर्न जैविक विषादीको प्रयोग नगर्दा असाध्य रोगको जोखिम बढेको स्वास्थ्यविद्हरुले बताउँदै आएका छन् । हुन त नेपालको माटोमा जैविक मल त्यति सहायक देखिँदैन । किसानहरु माटोले नै रसायनिक विषादी खोज्ने बताउँछन् । त्यसैले कुनै एग्रोभेटबाट खरिद गरेको विषादी प्राविधिकको रेखदेख र सहयोग बिना जथाभावी प्रयोग गर्ने गरिन्छ । विषादीको मात्रा नमिल्दा त्यसको असर उपभोक्ताको स्वास्थ्यमा पर्छ । यहाँसम्म कि किसान आफू–आफूले उत्पादन गरेको तरकारी आफू खाँदैनन् । यसले मानव स्वास्थ्यमा गम्भीर असर पु¥याइरहेको छ ।

यद्यपि सरकारका तर्फबाट विषादीको मात्रा परीक्षण गरेर खान योग्य र अयोग्य छुट्याउन थालिएको छ, तर त्यसको उचित कार्यान्वयन भइरहेको छैन । अर्थात् आवश्यकताका आधारमा गुणस्तर परीक्षण तथा प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । यो सँगै उपभोक्ता स्वयम् पनि सचेत हुन जरुरी छ । यस्तोमा कृषि प्रविधिमा विकास र विस्तारका साथै कृषकलाई सचेत, सक्षम बनाइ निरोगी जनता तयार गर्न सम्बद्ध पक्ष र सरकार कृत संकल्पित हुनुपर्छ । यो सरकारको दायित्व पनि हो । किनकि सक्षम, स्वस्थ नागरिक नै आर्थिक विकासका आधार हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here