स्वावलम्बन समिति माईको अध्यक्षमा यदुनाथ दुलाल सर्वसम्मत

0
125

विमल दहाल, इलाम ।

माई नगरपालिका स्तरीय अपाङ्गता भएका व्यक्ति र संरक्षक आवद्ध रहेको नव विहानी स्वावलम्बन समूहको अध्यक्षमा यदुनाथ दुलाल सर्वसम्मत हुनुभएको छ।

“कोशीको गौरव हिमालको सान, पर्यटन वर्षमा सबैलाई सम्मान” भन्ने नाराका साथ माई नगरपालिका भित्रका १० वटै वडाका अपाङ्गता भएका व्यक्ति तथा संरक्षणलाई सहकारी सम्बन्धी पैरवी र क्षमता विकास प्रशिक्षण कार्यक्रम संगै सम्पन्न दोस्रो अधिवेशन तथा तेस्रो साधारण सभावाट दुलाल आगामी ४ बर्षका लागि चयन हुनु भएको हो ।

सवै पदहरुमा सर्वसम्मत रहेको समितिको उपाध्यक्षमा बालकृष्ण पौडेल, सचिवमा महेन्द्र थापा, सहसचिवमा लक्ष्मण गौतम र कोषाध्यक्षमा कमला सुवेदी चयन हुनुभएको छ ।

समितिको सदस्यहरूमा सन्तबहादुर लोक्ताम, विष्णुमणि श्रेष्ठ, सीताकुमारी वराईली, दीक्षा राई, मोहन राई, सबिना खड्का, प्रमिला राई, सुमित्रा श्रेष्ठ, दावा शेर्पा र सूर्यबहादुर कटुवाल चयन हुनुभएको हो। नव गठित समितिलाई माई नगरपालिका प्रमुख प्रशासकिय अधिकृत चिरञ्जिवी भट्टराई, महिला बालबालिका शाखा प्रमुख सिता भट्टराई, कार्यक्रम प्रशिक्षक विमल दहाल, पत्रकार हरि असिम, हेरचाहका लागि उत्प्रेरणा कार्यक्रम माईका फोकल पर्सन सरोज कडेल लगायतले बधाई तथा शुभकामना दिनु भएको थियो।

त्यस्तै सोमबार र मङ्गलबार सम्पन्न सहकारी शिक्षा र क्षमता विकास प्रशिक्षण कार्यक्रममा नगर भित्रका ४० जनाको सहभागीता रहेको थियो। स्वावलम्बन समुहका अध्यक्ष यदुनाथ दुलालको अध्यक्षता र सचिव महेन्द्र थापाको सञ्चालनमा सम्पन्न कार्यक्रममा माई नगरपालिका अधिकृत हिमाल मिश्र र कानुन व्यवसायी विमल दहालले सहजीकरण गर्नु भएको थियो।

तालिम समापन कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत चिरञ्जिवी भट्टराई, सहभागिहरु मोहन राई, कमला भट्टराई, उद्घाटन सत्रलाई माई नगरपालिका वडा नम्बर २ का वडा सदस्य ज्ञान वहादुर कटुवाल लगायतले मन्तव्य राख्नु भएको थियो।

सहकारी शिक्षा, नेतृत्व विकास, उत्प्रेरणा शिक्षा र उद्घोषण कला सम्बन्धी आधारभूत विषयमा जानकारी दिईएको कार्यक्रममा तालिमको पहुँच, प्रविधिको उपयोग, डिजिटल साक्षरतामा अभिवृद्धि, रोजगार र उद्यमशीलता, सामाजिक समावेशीकरण, नीति र कानुनी संरचना अपाङ्गता भएका व्यक्तिको हक अधिकार सुनिश्चित गर्ने नीति, समान अवसर र पहुँच सुनिश्चित गर्ने कानुनी प्रावधान लगायतका विषयमा अन्तरकृया गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here