सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

0
29

झापा , झापाको भद्रपुरमा सवारी दुर्घटनामा परी मोटरसाइकल चालकको मृत्यु भएको छ ।


मंगलवार साँझ भद्रपुर नगरपालिका २ स्थित बनियानी– भद्रपुर सडकखण्डमा हिमाली टोलबाट भद्रपुरतर्फ आउँदै गरेको बीआर ३७ भी २१२७ नं। को मोटरसाइकललाई सोही दिशातर्फ आई पश्चिमतर्फ मोड्दै गरेको मे।१च ५४४७ नं को पिकअपले ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकल चालक भद्रपुर १ बस्ने ३५ वर्षीय दिलिप राजवंशी गम्भीर घाइते भएका थिए ।

उनलाई उपचारको लागि ओमसाई पाथीभरा अस्पताल भद्रपुर पठाइएकोमा राति ८ः०५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए । मृतकको शवलाई कानुनी प्रकृया पुरा गरि पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको , दुबै सवारी साधन र पिकअप चालक भद्रपुर ३ बस्ने ४४ वर्षीय पंकज सुवेदीलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here