लक्ष्मीधापमा एक महिने नौमती बाजा बजाउने तालिम सम्पन्न

0
22

अर्जुनधारा, दलित नगर उपभोक्ता समिति अर्जुनधाराको आयोजना र अर्जुनधारा नगरपालिकाको आर्थिक सहयोगमा आयोजित एक महिने एडभान्स नौमती बाजा बजाउने तालिम सम्पन्न भएको छ । 
अर्जुनधारा–११ लक्ष्मीधापस्थित नमून विश्राम गृहको सभाहलमा आयोजित उक्त तालिम स्थानीयस्तरमा रहेका दलित युवा एवम् महिलाहरुलाई सीप र ज्ञान प्रदान गरि आत्मनिर्भर बनाउने उद्देश्यले सञ्चालन गरिएको समितिका सचिव धनकुमार नेपालीले जानकारी दिए ।
प्रशिक्षक नरेन्द्र दर्नालले प्रशिक्षण दिएको तालिममा १९ जना प्रशिक्षार्थीको सहभागिता रहेको बताइएको छ । प्रविधि हस्तान्तरणसहितको तालिम कार्यक्रम अन्र्तगत सहभागी प्रशिक्षार्थीहरुको समूहलाई एक थान नौमती बाजाको सेट पनि उपलब्ध गराइएको थियो ।
समितिकी अध्यक्ष माया खातीको अध्यक्षता र अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा सहभागीहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो ।
सहभागीहरुमध्ये नारायण दर्जीले तालिमको अनुभव प्रस्तुत गरेको कार्यक्रममा नगर कार्यपालिका सदस्य एवम् सामाजिक विकास समितिका संयोजक कौशिलाल परियार, प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमाल, नेकपा एमाले पार्टी नगर कमिटीका उपाध्यक्ष रमेशकुमार दर्जी, नेपाली काँग्रेस पार्टी वडा सभापति जगत राना मगर, समितिकी सल्लाहकार सदस्य पम्फादेवी विश्वकर्मा, पूर्व अध्यक्ष बुद्धवीर बराइलीलगायतले तालिमबाट प्राप्त सीप र ज्ञानलाई व्यावहारिक जीवनमा प्रयोग गर्न सुझाएका थिए ।
समितिका उपाध्यक्ष मानबहादुर विसुंखेले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सचिव नेपालीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here