फार्मेसीबाटै लागूऔषध विक्रि गर्दा बाह्रदशीबाट एक महिला पक्राउ

0
49

झापा।

झापामा दैनिक रुपमा लागूऔषध प्रयोग कर्ता तथा कारोबारी पक्राउ परिरहेका बेला फार्मेसीबाटै लागूऔषध विक्रि हुने गरेको खुलासा भएको छ ।

झापाको बाह्रदशीका एक फार्मेसी संचालकलाई प्रतिबन्धित औषधी बिक्री गरिरहेको अबस्थामा प्रहरीले पक्राउ गरेसंगै फार्मेसीबाट नै लागूऔषधका कारोबार हुने गरेको घटना बाहिर आएको हो ।

प्रहरीले बाह्रदशी गाउँपालिका– ५ फूलबारीमा रहेको बिक्रम विकास मेडिकलकी संचालक सोही ठाउँ बस्ने ३९ वर्षीया बन्दना पोखरेललाई पक्राउ गरेको छ । उक्त फार्मेसी कचनकवल १ स्थित घेरावारी स्वास्थ्य चौकीका इन्चार्ज अहेव बिक्रम राजवंशीले सञ्चालन गर्दै आएका हुन् । पसलमा राजवंशीकी श्रीमती बन्दना पोखरेल बस्ने गरेकी थिइन् ।

मेडिकलबाट प्रतिबन्धित तथा नियन्त्रित लागूऔषधजन्य औषधीहरु बिक्री बितरण गरिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक बिजय चौहानको कमाण्डमा प्रहरी टोली खटिएर खानतलासी गर्दा प्रतिवन्धित ट्रामाडोल ७९५ ट्याब्लेट, नियन्त्रित औषधीहरु एन्टीकोफ ४७० ट्याब्लेट र डिक्लोमिन ३९८० ट्याब्लेट बरामद गरेको प्रहरी नायव उपरीक्षक खगेन्द्र खड्काले जानकारी दिए ।

उक्त फार्मेसीले लामो समयदेखि प्रतिबन्धित औषधि बिक्री गर्दै आएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here