युनिकम नेपाल र मनमोहन अस्पतालबीच सम्झौता

0
67

बिर्तामोड। अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा युनिकम नेपाल झापा र मनमोहन मेमोरियल सामुदायिक अस्पतालबीच सदस्यको स्वास्थ्य उपचार छुट दिनेबारे सम्झौता भएको छ ।
युनिकम नेपालका झापाकी अध्यक्ष अर्पणा सापकोटा र मनमोहन मेमोरियल सामुदायिक अस्पतालका कार्यकारी प्रमुख रोमणि भट्टराईले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।
युनिकम नेपाल झापाकी अध्यक्ष अर्पणा सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय अध्यक्ष गजेन्द्रबहादुर पौडेलले स्वागतसहित औचित्यमाथी प्रकाश पारेका थिए।
कार्यक्रममा मनमोहन मेमोरियल सामुदायिक अस्पतालका कार्यकारी प्रमुख रोमणि भट्टराईले संस्थागत सेवाग्राही सदस्य वनाएर युनिकम नेपालका सदस्यहरूलाई उपचार छुटको व्यवस्था गरेको बताए। उनले सामाजिक उत्तरदायित्व अन्तर्गत एक बर्षसम्म नवीकरण छुट गरेको जानकारी दिए।
कार्यक्रममा पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले व्यापार क्षेत्रमा आबद्ध कर्मचारी , मजदुरहरूको हितका लागि भएको यो सम्झौता कार्यान्वयन गर्न आग्रह गरेका थिए।
कार्यक्रममा मनमोहन मेमोरियल सामुदायिक अस्पतालका कोषाध्यक्ष बुद्धिराम भट्टराई, सदस्य निलमणी बराल, फोटो पत्रकार संघका झापा अध्यक्ष विनोद पाण्डे , खेलकुद पत्रकार संघका निवर्तमान अध्यक्ष हिमाल खरेल, बिर्ताज्योति साप्ताहिकका सम्पादक तुलसीप्रसाद निरौलालगायतको सहभागिता रहेको थियो।
कार्यक्रमको सहजीकरण युनिकम नेपालका सञ्चार संयोजक केशव भट्टराईले गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here