भोलिदेखि पथरीमा दोस्रो नगर खेलकुद महोत्सव

0
36

पथरी शनिश्चरे।

मोरङको पथरी शनिश्चरे नगरपालिकाको आयोजनामा दोस्रो नगर खेलकुद महोत्सव २०८२ यही बैशाख २० गतेदेखि सञ्चालन हुने भएकाे छ।

आज शुक्रबार पथरी शनिश्चरे वडा नं १ जाँते रोडस्थित प्रस्तावित रङ्गशालामा आयोजित एक पत्रकार सम्मेलनमार्फत पथरी शनिश्चरे नगर खेलकुद महोत्सवका संयोजक दीपक राईले जानकारी दिनुभएको हो।

खेलकुद राष्ट्रको शान, स्थानीय खेलाडी उत्पादन हाम्रो अभियान ” भन्ने नाराका साथ आगामी बैशाख ३० गते सम्म सञ्चालन हुने उक्त ११ दिने नगर खेलकुद महोत्सवका अवसरमा पुरुष तथा महिला वडा स्तरीय फुटबल तथा भलिबल प्रतिस्पर्धा हुनेछन् भने २१देखि २७ गतेसम्म जिरीखीम्ती खेलमैदानमा क्लब स्तरीय क्रिकेट प्रतियोगिता हुनेछ भने बुद्धिचाल प्रतियोगिता सिन भिलेजमा २८ गतेदेखि २९ गतेसम्म सञ्चालन हुनेछ।

यसैगरी, कराँते प्रतियोगिता किर्तीपुरको बाल कल्याण माविमा खुल्ला स्तरीय हुने भएको छ भने महिला पुरुष तर्फ म्याराथुन , भारोत्तोलन र पौडीका प्रतियोगिताहरू सञ्चालन हुने जनाइएको छ ।फुटबल तर्फको प्रथम र द्वितीय स्थान हासिल गर्ने विजेतालाई क्रमशः १ लाख र ५० हजार रूपैयाँ नगद सहित ट्रफी र मेडल प्रदान गरिनेछ भने प्रत्येक म्याचमा दुई हजारका दरले ‘म्यान अफ द म्याच’ घोषित खेलाडीलाई पुरस्कृत गरिने आयोजकले जनाएको छ।

गोल्डेन बल, गोल्डेन बुट र गोल्ब्स विधाहरूका विजयी खेलाडीहरूलाई ५ हजार रूपैयाँका दरले पुरस्कृत गरिनेछ। यसैगरी, महिला फुटबल तर्फको प्रथम र द्वितीय स्थान हासिल गर्ने टिमलाई १५ र ७ हजार नगदसहित ट्रफी र मेडल प्रदान गरिनेछ।

यसैगरी ,भलिबलतर्फ प्रथम पुरस्कार ३१ हजार नगद तथा दोस्रो पुरस्कार २१ हजार नगदसहित ट्रफी तथा मेडलले प्रस्तुत गरिनेछ। बेष्ट स्पाईक, बेष्ट ब्लकर, बेष्ट प्लेयर , बेष्ट लिब्रो, बेष्ट सेटर लगायतका विभिन्न विधाहरुमा विजयी खेलाडीहरूलाई ३,हजार का दरले नगदसहित ट्रफी प्रदान गरिनेछ भने म्यान अफ द म्याच घोषित खेलाडीलाई नगद २ हजार रूपैयाँ प्रदान गरिनेछ। यसैगरी, क्रिकेट तर्फको प्रथम र द्वितीय स्थान हासिल गर्ने खेलाडीहरूलाई ३५ हजार र २० हजार नगद सहित ट्रफी प्रदान गरिने इच्छा युवा तथा खेलकुद शाखाका अधिकृत तथा नगर खेलकुद विकास समितिका सदस्य सचिव नवीन खुलाल बुढाथोकीलेबताउनुभयो।

म्याराथन प्रतियोगिताकापुरुष तथा महिला दुवै प्रथम , द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने खेलाडीहरूलाई जनही ७ हजार , ५ हजार, ३ हजार र २ हजार रूपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ भने कराँते तर्फ प्रथम पुरुष खेलाडीलाई ५ हजार र महिलातर्फ ५ हजारले प्रदान गरिने आयोजक समितिले जनाएको छ। यसैगरी, बुद्धिचाल प्रतियोगितातर्फ प्रथम, द्वितीय, तृतीय, चौथो, पाँचौं, छैठौँ र सातौँ स्तन हासिल गर्ने विजयी खेलाडीलाई क्रमशः १० हजार, ६ हजार, ४५ सय , ३५ सय र २५ सयका दरले पुरस्कृत गरिने उक्त अवसरमा जानकारी दिइयो।

उक्त प्रतियोगिता अनुमानित १४ लाख ५० हजार खर्च हुने प्रक्षेपण गरिएको आयोजकले जनाएको छ । उक्त पत्रकार सम्मेलनमा घरका सूचना संयोजक सन्तोष राई, फोनिजका केन्द्रीय उपाध्यक्ष अर्जुन जम्नेली राई, नगर खेलकुद समिति सदस्य लोकसागर साम्बा, तथा विभिन्न विधागत खेल पदाधिकारीहरूको पनि उपस्थिति रहेको थियो। भोलि शनिबार दिउँसो सो प्रतियोगिताको उद्घाटन नगर प्रमुख मोहन प्रसाद तुम्वापोको प्रमुख आतिथ्यमा हुने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here