हल्दीबारीमा २२९ जोडीको सम्बन्धविच्छेद

0
33

झापा । हल्दीबारी गाउँपालिकामा बैशाख १९ गतेसम्म दुई सय २९ जनाले सम्बन्धविच्छेद गरेर विभिन्न वडाबाट प्रमाणपत्र लिएका छन् । गाउँपालिका प्रमुख प्रसाशकीय अधिकृत मानबहादुर बन (महेन्द्र)का अनुसार आ.व २०७४÷०७५ देखि बैशाख १८ गतेसम्म हल्दीबारी गाउँपालिकाका विभिन्न वडाबाट दुई सय २९ जनाले सम्बन्धविच्छेद गरी प्रमाणपत्र लिएका हुन् ।
उनका अनुसार अदालतबाट सम्बन्धविच्छेद गरी विभिन्नि वडाबाट सम्बन्धविच्छेदको प्रमाण पत्र लिनेको संख्या दुई सय २९ पुगेको हो । जस अनुसार वडा नं. १ मा ८६, वडा नं. २ मा ५२, वडा नं. ३ मा २७, वडा नं. ४ मा ३० र वडा नं. ५ मा ३४ जना रहेका छन् । त्यसैगरी पालिकाले दिएको जानकारी अनुसार सोही अवधिमा दुई हजार दुई सय छ जनाले विवाहदर्ता प्रमाणपत्र लिएका छन् ।
जस अनुसार वडा नं. १ मा पाँच सय ७४ जना, वडा नं.२ मा छ सय १२ जना, वडा नं. ३ मा तीन सय ३७ जना, वडा नं. ४ मा तीन सय ७३ जना र वडा नं. ५ मा तीन सय १० जना रहेका छन् । त्यस्तै सोही अवधिमा हल्दिबारी गाउँपालिकाका पाँच वटा वडामा एक हजार छ सय ३३ जनाको मृत्यु भएको पालिकाले दिएको रेकर्डले देखाएको छ । जस अनुसार वडा नं. १ मा दुई सय ३७ पुरुष र एक सय ९६ महिला त्यस्तै वडा नं. २ मा दुई सय ४५ पुरुष र एक सय ८३ महिला त्यसैगरी वडा नं. ३ मा एक सय ३९ पुरुष र एक सय चार जना महिला त्यस्तै वडा नं. ४ मा एक सय ४० पुरुष र एक सय १३ महिला र वडा नं. ५ मा एक सय ३६ पुरुष र एक सय ३९ महिला गरी एक हजार छ सय ३३ जनाको मृत्यु दर्ता प्रमाणपत्र जारी गरिएको हो ।
२०७४ को स्थानीय निर्वाचनपछि बनेको हल्दिबारी गाउँपालिकामा सोही अवधिमा दुई हजार सात सय ११ पुरुष र दुई हजार छ सय १४ महिला गरी पाँच हजार तीन सय २५ जनाको जन्मदर्ता गरिएको छ । सोही अवधिमा वडा नं. १ मा सात सय २१ पुरुष र छ सय ४२ महिलाको जन्मदर्ता प्रमाणपत्र वितरण गरिएको छ ।
त्यसैगरी वडा नं. २ मा सात सय ८७ पुरुष र सात सय २६ महिला त्यस्तै वडा नं. ३ मा तीन सय ६६ पुरुष र तीन सय ८४ महिला त्यसैगरी वडा नं. ४ मा चार सय ४८ पुरुष र चार सय ६९ महिला र वडा नं. ५ मा तीन सय ८९ पुरुष र तीन सय ९३ जना महिलाको जन्मदर्ता प्रमाणपत्र वितरण गरिएको हो । हल्दिबारी गाउँपालिकाले दिएको जानकारी अनुसार सोही अवधिमा आठ सय ७२ परिवारका दुई हजार सात सय ४६ जना हल्दिबारीमा बसाईसराई गरी विभिन्न वडामा आएका छन् भने नौ सय २० परिवारका दुई हजार नौ सय आठ जना हल्दिबारीका विभिन्न वडाबाट अन्यत्र बसाईसराई गरी गएको देखिन्छ ।
जस अनुसार वडा नं. १ मा दुई सय १६ परिवारका छ सय ७२ जना बसाईसरी गरी आएका छन् भने तीन सय छ परिवारका नौ सय ५० जना बसाईसराई गरी अन्यत्र गएका छन् । त्यस्तै वडा नं. २ मा दुई सय ८१ परिवारका नौ सय ८२ जना बसाईसराई गरी आएका छन् भने दुई सय ४८ परिवारका आठ सय एक जना बसाई सराई गरी अन्यत्र गएका छन् । त्यस्तै वडा नं. ३ मा एक सय ३४ परिवारका चार सय आठ जना बसाईसरी गरी आएका छन् भने एक सय १६ परिवारका तीन सय ७१ जना बसाईसराई गरी अन्यन्त्र गएका छन् ।
त्यस्तै वडा नं.४ मा एक सय ४३ परिवारका चार सय ४५ जना बसाईसराई गरी आएका छन् भने एक सय ४० परिवारका चार सय ४१ जना बसाईसराई गरी अन्यन्त्र गएका छन् भने वडा नं. ५ मा ९८ परिवारका दुई सय ३८ जना बसाईसराई गरी अन्यत्रबाट आएका छन् भने एक सय १० परिवारका तीन सय ४५ जना अन्यन्त्र गएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here