दुबईमा हत्या गरिएका सुमनको अरुण नदीमा अत्येष्टी !

0
257

योगेन्द्र योगी
बिराटनगर,

संयुक्त अरब इमिरेट्सको दुबईमा हत्या गरिएका संखुवासभाको खाँदबारी नगरपालिका–८, डाँडागाउँका ३५ वर्षीय सुमन विश्वकर्माको शव नेपाल ल्याएर मनकामनास्थित अरुण नदीमा अत्येष्टी गरिएको छ।

हत्या भएकाे करिव तीन महिनापछि विश्वकर्माकाे शव ल्याएर अत्येष्टी गरिएकाे हो। मृतक बुबाको काजकिरियामा नावालक बालिका छोरा र छोरी बसेका छन्। खाँदबारी नगरपालिकाका नगर प्रमुख महेश थपलियाको पहलमा शव नेपाल ल्याईएको थियो।

उनको हत्याको जानकारी पाएपछि नगर प्रमुख थपलियाले पिडित परिवारलाई घरैमा गएर भेटी पिडित परिवारलाई राहत सामग्री हस्तान्तरण गर्दै शव चांडै नेपाल ल्याउन पहल गर्ने प्रतिबद्धता गरे अनुसार कानुनी प्रक्रिया अघि बढेको थियो।

दुबई पुगेर १५ दिन काम बिहिन भएर बसेको र ड्युटी लागेको १५ दिनमै एउटै कोठामा सँगै बस्ने नेपाली साथीले हत्या गरेका थिए। उनकाे २०८१ साल माघ १२ गते हत्या भएको थियो। मृतक र कोहलपुर घर भएका मगर थरका युवा एउटै कम्पनीमा काम गर्ने र संगै बस्ने गरेका थिए।

एक महिना भित्रै साथीभईसकेका उनीहरु एक दिन दुवै जना बसेर मदिरा सेवन गरेपछि आपसमा विवाद हुँदा छुरा प्रहार गरी हत्या भएको गरिएको थियो। हत्या गर्ने ती नेपालीलाई दुबई प्रहरीले पक्राउ गरी आवश्यक कानुनी कारबाही अघि बढाईरहेको छ।

मृतकको घरमा श्रीमती,दुई छोरा र एक छोरी रहेका छन्। दुबईमा हत्यारालाई मृत्युदण्ड दिने कानुन छ। यति परिवारले ब्लडमनि मागे त्यो दिएर कानुनी प्रक्रिया पुर्याएर युएई सरकार डिपोर्ट गर्नेछ। तर,ब्लडमनि नमागे र रगतको बदला रगतै मागे मृत्युदण्ड दिईनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here