१८० किलोग्राम लागूऔषध सहित भारतीय नम्वरको एम्वुलेन्स पक्राउ

0
10

योगेन्द्र योगी
बिराटनगर,

सुनसरीको रामधुनी नगरपालिका -६ स्थितबाट लागूऔषध गाँजा बोकेको भारतीय नम्वरको एम्वुलेन्स प्रहरीले नियन्त्रणमा लिएको छ ।

भारतीय नम्वरको एम्वुलेन्सको प्रयोग गरी लागूऔषध गाँजा ओसार पसार भईरहेको भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय इटहरी, धरान, पकली र रामधुनीबाट परिचालन भएको प्रहरी टोलीले लोकमार्ग तथा भित्रि सडक खण्डहरुमा सवारी साधनहरु चेक जाँच गर्ने क्रममा रामधुनी-६ पिडारी स्थितबाट बीआर ३८ पी ५४१४ नम्वरको एम्बुलेन्समा ६ वटा बोरामा लुकाई छिपाई ल्याउदै गरेको १ सय ८० किलोग्राम गाँजा बरामद गरेको हो ।

गाँजा बरामद भएसंगै एम्वुलेन्स चालक बराहक्षेत्र नगरपालिका-४ का २५ बर्षीय श्रीराज कुमार साहलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय पकलीबाट आवश्यक कानूनी कारवाही तथा थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ।

कोशी प्रदेशका विभिन्न जिल्लाहरुमा प्रहरीले प्रत्येक दिन दर्जन भन्दा बढी लागुऔषध कारोबारीलाई पक्राउ गरिरहेको भएपनि लागुऔषध सेवन तथा ओसारपसार गर्नेको संख्यामा भने कमी आएको छैन। बरु हरेक दिन ओसारपसार गर्नेको संख्या बढिरहेको छ।

कोशी प्रहरीले लागुऔषध कारोबारी गर्ने माथि कडाई गरेपछि पछिल्लो समय उनीहरुले बिरामी बोक्ने एम्बुलेन्स,पिकअप गाडी तथा ट्रकलाई लागुऔषध बोक्ने साधनको रुपमा प्रयोग गर्ने क्रम बढेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here