राजा र राज परिवारलाई चढ्नका लागि ८० वर्षअघि आफ्नो काँधमा भिमफेदीबाट गाडी बोकेर काठमाडौं लैजादै गरेका रैतीहरुको कारुणिक फोटो सामाजिक सञ्जालबाट डाउनलोड गरेँ यो साता । हाम्रा पिता–पुर्खालाई रैती, दास बनाएर अनेक सास्ती दिँदै २४० वर्ष अन्धकारमा पशुवत जीवन बिताउन बाध्य पार्ने शासकको हुकुमी, जहानिया, निरंकुश शासन आजको आधुनिक युगमा सम्भव छैन । तर, यस्तै तन्त्र ल्याउन खोजेका छन् दास बन्न सडकमा उत्रिएका रैतीहरुले । जनताका छोराछोरी राज्यको सर्वोच्च निकायमा पुग्न सक्ने संवैधानिक बाटो हुँदाहुँदै बंशवादको दास हुन चाहनेहरु बर्बरायी रहेका छन् । उनीहरुलाई अहिले पनि लाग्दछ कि राजा सत्तामा फर्किन्छन् र यो देशको विकास गर्छन भन्ने पछौटेपनले छोडेको छैन । राजाले देशको भलो र उन्नति गर्ने भए त २४० वर्षमा युरोप, अमेरिका, फ्रान्स, जापान, अष्ट्रेलिया लगायत संसारका धेरै देशले त्यत्रो विकासको फड्को मार्दा हाम्रो देशको राजशाही भोगविलास, मोजमस्ती र षड्यन्त्रको तानाबाना बुन्नमै मस्त र ब्यस्त रहेको कसैबाट छिपेको छैन ।
नागरिक सर्वोच्चलाई मास्ने बदनियत राख्ने निरंकुश शाही सत्ताका मतियार, पूर्व पञ्च, मण्डले आततायी, लोकतन्त्र बिरोधी, अराजक, असभ्य, सामन्त, शोषक, भ्रष्ट, दलालहरुको रुवाबासीले जनअधिकार खोस्न सक्दैनन् । र, यिनले राजाको अधिकारका लागि गर्ने अराजकतालाई जनआन्दोलन भनेका छन् । जनताको अधिकारका लागि गरिने आन्दोलन मात्र जनआन्दोलन हुन्छ । पापिष्टहरुले जनआन्दोलन शब्द कै अपमान गरे । नालायक दासहरु जनताले रच्क्छ्यानमा मिल्काएको तानाशाही राजतन्त्र र तिमीहरुले मान्ने गरेको राजालाई सडकको आन्दोलनमा ल्याएर राज आन्दोलन गर । तर, जनतले कठोर संघर्षबाट पा्रप्त गरेको अधिकार खोसेर राजा ल्याउँछौं भन्नेहरुले जनआन्दोलन शब्दको अपमान नगर ! तिमी दास रैतीबन्न इच्छुकहरु जनताको अधिकारको पक्षमा त उभिन सक्दैनौ नै ! लोकतन्त्र तिमीहरुलाई मन पर्दैन ! जनआन्दोलन जनताको अधिकारका लागि हो, कुनै समन्त, दलाल रजौटाका लागि होइन ।
अधिकार चाहिनेले आफैं सडकमा आउनुपर्छ, अर्काले गरिदेला म खाउँला भनेर आन्दोलन हुँदैन । तिम्रो राजाको लागि आन्दोलन गर्छौ भने उनका श्रीमती, छोराछोरी समेतलाई सडकमा लिएर आऊ र राजआन्दोलन गर ! जनताको अपार सहभागितामा भएको २०६२÷०६३ को जनआन्दोलनको सफलतापछि जनताबाट निर्वाचित दोस्रो संविधानसभामा निर्वाचित जनताका प्रतिनिधिको ९९ प्रतिशत जनमतद्वारा २०६५ जेठ १५ गते नेपालको संसद भवनबाट फालिएको राजतन्त्र अब ब्युँतिने कुनै संभावना र अपवस्था छँदैछैन । तर, यो अफवाहका पछि किन सानो संख्यामै भए पनि युवा जामात देखा पर्दैछ त ? यसतर्फ पनि ध्यान जान भने आवश्यक छ ।
युवा असन्तुष्टिमा खेल्दैछन् राजावादीहरु
लोकतान्त्रिक गणतन्त्र आएको १७ बर्ष पुगिसक्दा पनि देशमा वेरोजगारी, बेथिति, विकृति, विसंगति र भ्रष्टाचार रोकिएको छैन । आजको युवा पंक्ति तीव्र विकास देख्न चाहन्छ । विज्ञान र सूचना–प्रविधिको विकाससँगै युवामा युरोप, अमेरिका त्यस्तो । किन हाम्रो देश यस्तो ? भन्ने जटिल प्रश्न उब्जिएको छ । इन्टरनेटमा देखेको विकास आफ्नै देशमा हेर्न चाहन्छ आजको युवा । रोजगारीका लागि कलिला लाला–बालालाई चटक्कै छोडेर विदेशिन बाध्य एउटा युवाको मनोविज्ञान राजनीतिक दलहरुले बुझ्न सकिरहेका छैनन् । कि– मलाई घर–परिवार छोडेर परदेशको भारी बोकाउने यिनै वर्तमानका शासकहरु हुन् । यिनले देशको विकास नगरि दिएकोले म देश छोडेर रोजगारीको खोजीमा हिँड्नु परिेको हो भन्ने युवाको बुझाई छ ।
नेपालको श्रम बजारमा प्रत्येक बर्ष पाँच लाखभन्दा बढी जनशक्ति उत्पादन हुने गरेको तथ्यांकले देखाउँदछ । अब सबै युवालाई रोजगारी दिन सक्छ त सरकारले ? सक्दैन । सरकारसँग उद्योग छैन, लोकतन्त्रमा उद्योग, व्यापार, व्यवसाय नागरिकले गर्छन् । सरकारले गर्दैन । सरकारले उद्योगमैत्री नीतिनिर्माण गरेर औद्योगिक वातावरण बनाइ दिने हो । रोजगारीको सिर्जना त निजी क्षेत्रले नै गर्ने हो । यसका लागि सरकार नागरिकले निजी क्षेत्रलाई आतंकित पार्ने गतिविधि गर्नुहुँदैन । देशकै राष्ट्रिय पूँजीपतिबर्गलाई त्रसित बनाएर, पलायन गराएर हाम्रो देशमा कस्ले लगानी गरिदिन्छ र रोजगारीको अवस्था सिर्जना हुन्छ ? देशकै उद्योगी, व्यवसायीले पलायन भएर करमुक्त देशहरुमा बिना व्यवधान लगानी गर्न थालेपछि हाम्रो देशमा को विदेशी लगानीकर्ता आउँछ र रोजगारी सिर्जना हुन्छ ।?
औद्योगिक क्षेत्रमा हुने रोजगारीका साथसाथै कृषि, होटल, पर्यटन र स–साना स्वरोजगारीमूलक क्षेत्रलाई राज्यले सहुलियत दरमा कर्जा प्रवाहको प्रबन्ध गर्नुका साथै उत्पादित वस्तुको राष्ट्रिय, अन्तर्राष्ट्रिय क्षेत्रमा बजारीकरणको व्यवस्था मिलाउन पनि सरकारले अग्रसरता देखाउनु पर्दछ । युवाले आ–आफ्नो परिवारसँग स्वदेशमै बसेर आय अर्जनको क्षेत्रमा संलग्न हुन पाएको खण्डमा धमिलो पानीमा माछा मार्ने दाउमा बसेका राष्ट्रघाती, लोकतन्त्रविरोधी, देशद्रोहीहरुको षड्यन्त्र पनि असफल हुन्छ । युवाले रकुनै तानाशाही जाजा, रजौटालाई खोजेका पनि होइनन् । फुर्सदिला भएपछि समय व्यतित गर्न भौंतारिदा राजावादी भनिएकाहरुको जुलुशतिर अल्मलिएका मात्र हुन । तिनलाई हातमा काम र गोजीमा दामको व्यवस्था हुने बित्तिकै सडकमा बरालिने जमातै पाउँदैनन सामन्तहरुले ।
नेपालमा अब राजतन्त्र असम्भव
नेपालमा अब राजतन्त्र ? राजाको हुकुमी शासन असम्भव छ । शाह वंशका अन्तिम राजा ज्ञानेन्द्र शाहले आफैं पनि म राजा हुन्छु, मेरो पक्षमा अन्दोलनमा साथ देऊ, म सडकमा संघर्ष गर्न आउँदैछु भनेका छैनन् । भन्ने आँट, हिम्मत, शाहस केही गर्न सकेका छैनन् । मात्र मलाई साथ दिनुहोस्, बेला भयो भनेका छन् । र उनी मठ–मन्दिर घुम्दैछन् । अनि २१औं शताब्दीमा पनि दास मानसिकता भएका पछौटेहरुको एउटा सानो झुण्डका मनुष्यहरु राजा आऊ, देश बचाऊ भनेर स्तुतिगान, जयजयकार गरिरहेका छन् । नागरिक हुन नसकेका रैती, प्रजाहरु राजतन्त्रमै रमाउँछन्, हो उनै रैतिहरु बेसुराँ कराइरहेका छन्, यो बेतुकको सवालमा । उनीहरुको दास प्रवृत्ति, अराजकता, गुण्डगर्दी त २०८१ को चैत १५ गते तीनकुनेमा पत्रकारलाई जिउँदै जलाएर मारेको घटनाबाट नेपाली जनताले नियाली सकेका छन् । राजाको पालमा जनतालाई शोषण, दमन गरेर खान पल्केका सामन्तीहरुलाई फेरि त्यही अत्याचारी, अधिनायकवादी राजतन्त्र चाहिएको छ ।
अर्कोतर्फ इतिहासमने अध्ययन नगरेका र २०४६ साल अघिको र २०६१ सालको राजशाही, तानाशाही नदेखेका युटुबे पुस्ता बिनाबित्थामा बहकिएर राजतन्त्रको नारा लगाउन पुगेको छ । यो पुस्ताले इतिहासलाई अध्यन गरे आफैं कुरा बुझ्छ, नत्र बहकिएर, अज्ञानातावस भड्किएर हावाको तालमा सानो स्वार्थी झुण्डमा मिसिएर राजतन्त्रको वकालत गरिरहन्छ । कुरा बुझेका दिन लाजले शीर निहु¥याउँदै पलायन हुनेछ ।
नाताका छोराछोरी आफैं राज्यको सर्वोच्च पद, ओहोदामा जनमतका आधारमा पुग्न पाउने संवैधानिक व्यवस्था भएको आवस्थामा पनि वंशवाद र कुनै जात वा थर विशेषका आधारमा राज्यसत्ताको मालिक बन्ने, बनाइने कुरा २१औं शताब्दीको चेतनशील समाजका लागि सुहाउने बिषय पटक्कै होइन । दासहरुले यस्तो भैदिए हाम्रा मालिक सत्तामा आउने थिए, हाम्रा भगवानको भाग्योदय हुने थियो भनेर सोच्लान्, चाहलान् तर आजको विज्ञान र प्रविधिको दुनियाको स्वाभिमानी नागरिकले यस्तो मध्ययुगिन पछौटे सोचाई राख्न सक्दैन । अनि तथाकथित राजा ल्याउने खेलोमेलोमा कस्ता पात्र र प्रवृत्तिलाई उभ्याइएको छ त भन्दा पञ्चायतकालीन सड्पत्रू र हावादारी, अस्थिर, फण्टुसलाई अघि सारेर राजतन्त्रको पुनस्र्थापना गर्ने रे ? हरे अचम्म ? न नीति छ, न बिधि छ ? न बैधानिकता छ ? न जनचाहना छ ?
हिम्मत भए ज्ञानेन्द्र चुनावमा आऊ
लोकतन्त्रमा शासनसत्ता जनमतका आधारमा सञ्चालित हुन्छ भन्ने कुरा ज्ञानेन्द्र शाह र उनको भजन मण्डली बुझ्नु पर्दछ । लोकसम्मती नै शासनको आधार हो । अब लोकतन्त्रमा पनि एकपटक राजा हुन पाए युग–युगान्तरसम्म वंश परम्पराका आधारमा शासनसत्ता चलाउन पाइन्थ्यो भनेर व्यापारी ज्ञानेन्द्रले सोच्नु नै महाभूल हो । यो बेकारको कुरामा टाउको नदुखाउ ज्ञानेन्द्र । व्यापार गर राज्यलाई कर तिर, आनन्दले बस । होइन, शासन सत्तामा पुग्ने प्रबल इच्छा–चाहना पलाएको हो भने कुनै राजनीतिक दल खोल वा कुनै तिमीलाई मन पर्ने पार्टीमा प्रवेश गर । ज्ञमोन्द्रले लोकतान्त्रिक विधि र प्रक्रिया पूरा गरेर राजनीति गर्न नपाउने भन्ने छैन । प्रत्येक नेपालीलाई संविधान मानेर मौजुदा ऐन कानूनको परिधिभित्र रहेर दलीय राजनीतिमा भाग लिने र शासन सत्तामा पुग्ने समान अधिकार संविधानले नै दिएको छ ।
साँच्चै नै जनताले आफूलाई रोजेका छन्, चाहेका छन् भन्ने भ्रम ज्ञानेन्द्रमा छ भने अए भो नि त चुनावमा । हिम्मत छ ? कानूनी प्रक्रिया पु¥याएर तिमीलाई दल खोल्न कसैले रोकेछ भने किन यसो गरेको भनेर हामी पनि आवाज उठाउँला । आउनु, ढिला नगर्नु, चुनाव लड्नु, जनातको मन जितेर दुईतिहाई बहुमत ल्याउनु सरकार बनाउनु, चलाउनु । हुन त राजा भएकै बेलामा पनि २०६१ मा १९ पछि तात्कालिन राजा ज्ञानेन्द्र आफै मन्त्रीपरिषद्का अध्यक्ष भएर तुलसी गिरी र किर्तिनिधि बिष्टलाई मन्त्री परिषदको उपाध्यक्ष बनाएकै हुन् । नेपालको संविधान २०४७ ले राजा आफैं मन्त्री परिषदको अध्यक्ष हुने परिकल्पना गरेकै थिएन, तर ज्ञानेन्द्रले संविधान विपरीत प्रत्यक्ष शासन सत्ता आफ्नो हातमा लिने जुन काम गरे त्यही दिनबाट नेपालमा राजतन्त्रको अन्त्यको बाटो उनी आफैंले खनेका हुन् । चुप लागेर संवैधानिक राजा भएर बसेको भए दाजुको अपुताली खान पाएकै थियो । राजगद्दी पनि जाने थिएन । आफैंले खनेको खाड्लमा ज्ञानेन्द्र आफैं परेका हन् । अब पनि धेरै चक–चक गरे भने व्यापार गरेर, राज्यलाई कर छली गरेको सम्पत्ति राष्ट्रियकरण हुँदा थाहा पाउँछन् ।
गणतन्त्रवादीले राजा ल्याइ दिनुपर्ने अरे ?
पञ्चायती शासन सत्ताका अवशेषका रुपमा रहेका पूर्व पञ्च, मण्डले र दरबारिया लुटाहा गिरोको सुखसयल र मोजमस्तीका लागि राजतन्त्रको पुनस्र्थापना गरिदिनु पर्ने रे लोकतन्त्रिक गणतन्त्रवादीले । नविन समझदारीका नाममा लोकतन्त्रवादीले संविधान संशोधन गरेर राजातन्त्रका लागि ज्ञानेन्द्र शाहलाई स्थापित गरिदिनु पर्ने पूर्व पञ्च मण्डलेहरुले माग राखिरहेका छन् । लोकतन्त्रवादीले जातासँग लोकतान्त्रिक गणतन्त्रलाई झन् सुदृढ र बलियो बनाउँदै देश विकास गर्छौ र जनताको जीवनस्तर उकास्छौं भनेर जनतासँग भोट मागेर, चुनाव जितेर आएका दलले राजा ल्यायौं भन्दै फेरि जनताका बीचमा कसरी जान्छन् होला ? हेर पूर्व पञ्च र मण्डलेहरुको कुबुद्धि ? हामीले चुनाव जित्यौं भने नेपालमा राजतन्त्र ल्याँउँछौं भनेर चुनावमा गएको पूर्व पञ्च मण्डलेहरुका पार्टी पनि त थिए नि । तिनलाई जनताले कति पत्याए ? लोकतन्त्रमा नेता खराब भयो भने चुनावले, जनमतले त्यस्तालाई पाखा लगाउँदछ । र लोकतन्त्रको विकल्प भनेको फेरिपनि झन् उन्नत लोकतन्त्र हो । कुनै पनि खाले अधिनायकवाद वा वंशवाद लोकतन्त्रको विकल्प हुन सक्दैन ।
राजा वीरेन्द्रको वंश बिनासपछि अश्वाभाविक र अकल्पनीय रुपमा राजगद्दीमा बस्न पुगेका ज्ञानेन्द्र शाहको पञ्चायतीकालको धमिलो छवि र दाजुको वंश बिनासमा हात रहेको भनी नेपाली जनतामो मनमा रहेको अशंकालाई नमेट्दै उनीबाट गैह्र संवैधानिक कदम चालेर सारा टेलिफेन, यन्टरनेट काटेर, दलका गतिविधि माथि प्रतिबन्ध लगाएर एकलौटी शासन चलाएका दिनदेखि नै ज्ञानेन्द शाह राजा बन्न लायक छैेनन् मात्र होइन, संवैधानिक राजा बन्ने त यिनका कुनै सत्चरित्र र योग्यता छैन भन्ने पुष्टि भइसकेको इतिहासले नै प्रमाणित गरेको अवस्थामा पूर्वपञ्च, मण्डले आततायी जत्थ्थाले हो–हल्ला गर्दैमा जनतााट अनुमोदित नेपालका राजनीतिक दलले राजतन्त्रको पुनस्र्थापना गरिदेलान् र राजतन्त्रको आडमा पञ्चायतकालीन अवस्थामा जस्तै राज्यसत्ताको दोहन गरेर तर मारौंला भन्ने सोचबाट मुक्त बन् मण्डलेहरु । अब जनतालाई दास बनाएर तानाशाही राज चलाउँदा भन्ने नसोच । गणतन्त्रवादीले तिम्रो राजा ल्याइ दिँदैनन् । सक्छौ चुनावमा शक्ति देखाऊ, दुइतिहाई ल्याऊ अनि के गर्नुछ गर । नत्र ज्ञानेन्द्र पनि थान्कोमा बस र तिम्रा सुण्ड–मुण्ड, मण्डलेहरुलाई पनि थान्कोमा बस्न लगाऊ ।
(लेखक हुमागाँई २०६२/०६३ को आन्दोलनका लोकतन्त्र र प्रेस स्वतन्त्रताका योद्धा हुन् । हाल नेपाली कांग्रेस झापाका सचिव । आन्दोलनताका नेपाल पत्रकार महासंघ झापाको सभापति हुन् ।)