माओवादीको चुरे–तराई जनजागरण

0
35

सुरुङ्गा।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) प्रदेश नम्बर १ समितिले समाजवादी चेतना जनजागरण लागि चुरे–तराई जनजागरण अभियान सञ्चालन गरेको छ ।

झापाको शिवसताक्षी नगरपालिका वार्ड नं. १ को धरमपुर बजारमा अभियान कार्यक्रम जनसांस्कृतिक महासङ्घका कलाकारहरूले विभिन्न किसिमका नृत्य, गीत–संगीत तथा नाटक कलाका रूपमा प्रस्तुति गरेर विभिन्न कार्यक्रमहरु गरेका छन्। जनतामा जनजागरण ल्याउँदै यो व्यवस्था रक्षा, समृद्धिसँगसँगै जनजीविकामा कसरी परिवर्तन ल्याउन सकिन्छ भन्ने विषयहरूमा समेटिएर यो कार्यक्रम आयोजना भएको छ ।

उक्त खुल्ला मैदानमा भएको कार्यक्रममा करिब ३०० देखि ४०० जनसहभागिता रहेको कार्यक्रमको सञ्चालन नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र प्रदेश समितिका उपाध्यक्ष कमरेड विजय साम्पाङले सञ्चालन गर्नुभएको थियो । कार्यक्रमलाई स्थानीय पार्टी नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र शिवसताक्षि नगरले संयोजन गरेको थियो भने कार्यक्रममा धेरै कलाकर्मीहरुले सांगीतिक प्रस्तुति तथा आफ्नो कला प्रस्तुत गरेका थिए ।

कार्यक्रममा जनसांस्कृतिक महासंघको तर्फबाट चर्चित जनवादि गायक झङ्कार बुढा मगरको विशेष प्रस्तुति साथमा अन्य चर्चित कलाकारहरुले विभिन्न किसिमका पूर्वी–पश्चिमी, पहाड र तराईमा बसोवासिहरुको संस्कृति झल्कने आकर्षक प्रस्तुति रहेको थियो। स्थानीय कवि तथा साहित्यकारको विशेषरूपमा स्थानीय जनमानसलाई कविता, गीत–सङ्ीगत, नृत्य तथा प्रहसन र विभिन्न सांस्कृतिक कार्यक्रमको माध्यमबाट जनचेतना जगाउनु मुख्य उद्देश्य रहेको थियो ।

विगत लामो समयदेखि कला र संस्कृतिको क्षेत्रमा निरनतर योगदान गर्नु हुने शिवसताक्षिमा रहेका १५ श्रष्टाहरुलाई सम्मान–पत्र र दोसल्ला ओढाएर सम्मान समेत गरिएको थियो । कार्यक्रमको औपचारिक सत्रमा कार्यक्रमलाई स्वागत मन्तव्यद्वारा सम्बोधन शिवसताक्षी नगर समितिका अध्यक्ष दुर्गा नेम्बाङले गरेका थिए । सम्मान कार्यक्रम नगरका पुर्व अध्यक्ष महेन्द्र भट्टराईले संचालन गरेका थिए भने कार्यक्रमको औचित्यमाथि प्रदेश नः १ का उपाध्यक्ष शिव डाँगीले गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेश पूर्व मन्त्री तथा पार्टीका केन्द्रीय सदस्य झलक सिंह दर्लामी, विशिष्ट अतिथि केन्द्रीय सदस्य रन्जित तामाङ, प्रदेश कमिटी सदस्यहरु कल्पना कार्की, रामबहादुर राई, वीरेन्द्र कुमार याक्थुम्बा सुबास, बेदु गौतम लगायतको आतिथ्य रहेको थियो ।

जनसांस्कृतिक महासंघका केन्द्रीय सचिव अनुषा साम्पाङ राई, केन्द्रीय सचिवालय सदस्य राकेश किराँती, केन्द्रीय सदस्य तथा प्राज्ञ सुमित्रा वाङ्देल चेली, प्राज्ञ हरिप्रसाद पौडेल, जनसांस्कृतिक महासङ्घ प्रदेश नं. १ का अध्यक्ष चेतनाथ धमला, उपाध्यक्ष जाइका राई, सचिव राजन आचार्य, जनसांस्कृतिक महासंघ झापा जिल्लाका अध्यक्ष राजन चापागाई, जिल्ला उपाध्यक्ष बन्दना नेम्बाङ, सचिव शिव मुर्मू लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नवीन सुब्बा, सुरेश राई, रामलाल रसाइली, मदन बिष्ट, कल्पना बुढाथोकी, सावित्रा रसाइली, महेन्द्र सम्बाहाम्फे, प्रेमकुमार राई, बबिता महतरा, दिनेश रसाइली, अर्जुनकुमार राई, विराट किराँती र भङ्कार बुढामगरलाई सम्मान गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here