इक्यान झापाद्वारा वित्तिय साक्षरता तालिम

0
110

बिर्तामोड ।

शैक्षिक परार्मश दाताहरुलाई वित्तिय साक्षरता प्रदान गर्ने उद्धेश्यले झापाको बिर्तामोडमा एक दिने वित्तिय साक्षरता तालिम सम्पन्न भएको छ ।

नेपाल शैक्षिक परार्मश संघ(इक्यान) झापाको आयोजनामा भएको तालिममा इक्यान झापामा आवद्ध रहेका शैक्षिक परार्मश दाताहरुको सहभागिता रहेको थियो । नेपाल शैक्षिक परार्मश संघ (इक्यान) झापाका अध्यक्ष ई.रोशन सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल शैक्षिक परार्मश संघ (इक्यान) का निर्वतमान अध्यक्ष प्रकाश पाण्डेको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा नेपाल शैक्षिक परार्मश संघ (इक्यान) का केन्द्रिय महासचिव दिपक भुषालको विशिष्ट आतिथ्य रहेको थियो भने केन्द्रिय कोषाध्यक्ष आशिक कार्की, झापाका संस्थापक अध्यक्ष सुमन शर्मा जमरकट्टेल, बिर्तामोड नगरपालिका–३ का वडाध्यक्ष मदन बुढाथोकी लगायतको आतिथ्य रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथी पाण्डेले वित्तिय साक्षरता सम्बन्धि शोधपत्र प्रस्तुत गरेका थिए । उनले वित्तिय साक्षरताले शैक्षिक परार्मश ब्यवसायीलाई अझ ब्यवस्थित बन्न सहयोग मिल्ने विश्वास ब्यक्त गरे ।

कार्यक्रममा शुभकामना मन्तब्य राख्दै इक्यानका केन्द्रिय महासचिव भुषाल र झापाका संस्थापक अध्यक्ष जमरकट्टेलले इक्यान झापाले आयोजना गरेको कार्यक्रमको प्रशंसा गरे । उनीहरुले राज्य प्रति शैक्षिक परार्मश ब्यवसायीहरु जहिले पनि उत्तरदायी रहेको भन्दै यस्ता साक्षरता तालिमले अझ ब्यवस्थित बनाउन मद्धत मिल्ने विश्वास ब्यक्त गरे ।

कार्यक्रममा शैक्षिक परार्मश ब्यवसायीले राज्यलाई तिर्नुपर्ने कर, नेपालको कर प्रणाली, वित्तिय साक्षरताले गर्ने सहयोग लगायतका विषयमा इक्यानका केन्द्रिय कोषाध्यक्ष कार्कीले सहजिकरण गरेका थिए ।

इक्यान झापाले शैक्षिक परार्मश ब्यवसायीलाई जिम्मेवार र जवाफदेही बनाउन विभिन्न समयमा साक्षरता सम्बन्धि तालिम तथा प्रशिक्षणहरु सञ्चालन गर्दै आएका इक्यान झापाका अध्यक्ष सुवेदीको भनाई छ ।

इक्यान झापाका उपाध्यक्ष राजकुमार कार्कीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव अशोक भण्डारीले गरेका थिए । कार्यक्रममा झापाभरका शैक्षिक परार्मश ब्यवसायीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here