झापा, इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक विजय श्रेष्ठलाई वीरता जेसीजले स्वागत गरेको छ ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट हालै सरुवा भएर आएका श्रेष्ठलाई वीरता जेसीजले बिर्तामोडमा स्वागत सम्मान गरेको हो । वीरता जेसीजका अध्यक्ष युवराज कुँवरको अध्यक्षतामा भएको कार्यक्रमको संयोजक वीरता जेसीजका उपाध्यक्ष पुष्प भण्डारीले गरेका थिए ।
तालिम संयोजक सुशील थापाले जेसीज आस्था बाचन गरेको कार्यक्रममा स्वागत कार्यकारीणी उपाध्यक्ष प्रभात मास्केले गरेका थिए ।
नेपाल बक्सिङ संघका केन्द्रीय उपाध्यक्ष भोजराज सिटौलाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वीरता जेसीजका पूर्व अध्यक्ष एकराज गिरी, सजेश शिवाकोटी , जेसीआई सिनेटर तथा पूर्व राष्ट्रिय उपाध्यक्ष भेषराज भण्डारी ‘ प्रशान्त’, ले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा जेसीआई सिनेटर तथा पूर्व राष्ट्रिय उपाध्यक्ष विशाल थापा, घनश्याम चौधरी, वीरता जेसीजका पूर्व अध्यक्ष राजेन्द्र चम्लगाई, वीरता जेसीजका पूर्व कार्यकारीणी उपाध्यक्ष तथा औषधि व्यवसायी संघ झापाका अध्यक्ष सिनेटर जीवन खड्का लगायतको सहभागीता रहेको थियो ।
त्यस्तै वीरता जुनियर जेसीजका अध्यक्ष अस्मित गोसाईको समेत सहभागीता रहेको थियो । कार्यक्रमको संचालन महासचिव विज्ञानराज पौडेलले गरेका थिए ।