धनकुटामा बस दुर्घटना एक जनाको मृत्यु

0
24

धनकुटा।

धनकुटामा आज बिहान भएको बस दुर्घटनामा घाइते भएकी एक महिलाको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएकी धनकुटा नगरपालिका–६ कि ७३ वर्षीया कृष्ण कुमारी राई (भुजेल) को उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

धनकुटा नगरपालिका वडा नम्बर–६ गोलाई नजिकै आज बिहान बस दुर्घटना भएको हो। धरानबाट भोजपुरतर्फ जाँदै गरेको को १ ख २१ ७७ नम्बरको बस सोमबार बिहान धनकुटा नगरपालिका- ६ को गोलाई भन्ने ठाउँमा सडकबाट खसेर ५० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएकामध्ये तीन जनाको अवस्था गम्भीर छ । बाँकी नौ जनाको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ। उकालो चढ्ने क्रममा एयर पाइप फुटेर ब्रेक नलाग्दा बस दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ।

गम्भीर घाइते चार जनालाई बीपी कोईराला स्वास्थ विज्ञान प्रतिष्ठान धरान पठाइएको छ। घाइते नौ जनाको धनकुटा जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here