झापा ।
रगत अभाव भइरहेका बेला झापाको चारआलीमा बृहत रक्तदान कार्यक्रम हुने भएको छ ।
विश्व रेडक्रस दिवस तथा जेसीआईको ११० औं स्थापना दिवसको अवसरमा झापाको पाउ पाथीभरा मन्दिर परिसरमा रक्तदान कार्यक्रम आयोजना गरिने भएको हो ।
नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष जेसी राघव कोइरालाको अध्यक्षतामा झापा, मोरङ र इलामका १६ वटा जेसीज शाखाहरूको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम हुन लागेको वीरता जेसीजका अध्यक्ष युवराज कुँवरले जानकारी दिए ।
विभिन्न सामाजिक काममा सक्रिय रहँदै आएका जेसीजका शाखाहरुले संयुक्त रुपमा रक्तदान काार्यक्रम गर्न लागेका हुन् । आागामी वैशाख २५ गते हुने वृहत्त रत्तदान काार्यक्रममा सबैलाई सहभागिता जनाई दिन वीरता जेसीजका अध्यक्ष कुँवरले आग्रह समेत गरेका छन् ।
रेडक्रस सोसाइटी झापाले प्राविधिक सहयोग गर्नेे रक्तदान कार्यक्रममा चारआलीका विभिन्न संघसंस्थाहरूको सहआयोजना रहेको छ । रगत दान जीवन दान भन्दै सबैलाई उक्त कार्यक्रममा सहभागिता जनाईदिन अपिल गरिएको छ ।