सुनसरीमा सडकमै भेटियो ११ बोरा गाँजा

0
20

योगेन्द्र योगी
बिराटनगर,

सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थितबाट ठुलो परिमाणको लागू औषध गाँजा प्रहरीले बरामद गरेको छ ।लागुऔषध गाँजाको ओसार पोसार भईरहेको भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले गाँजा बरामद गरेको हो ।

बराहक्षेत्र–१ स्थित सडक किनारमा ११ वटा प्लास्टिकको बोरामा बेबारीसे अवस्थामा ३ सय ३० किलोग्राम गाँजा फेला पारेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । गाँजा बरामद भए संगै ओसार पोसारमा संलग्न रहेका ब्यक्तिहरुको खोजतलाश तथा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

सुनसरी प्रहरीले आइतबार मात्र सुनसरीको रामधुनी नगरपालिका -६ स्थितबाट लागूऔषध गाँजा बोकेको भारतीय नम्वरको एम्वुलेन्स प्रहरीले नियन्त्रणमा लिएको थियो। एम्बुलेन्समा ६ वटा बोरामा लुकाई छिपाई ल्याउदै गरेको १ सय ८० किलोग्राम गाँजा बरामद भएसंगै एम्वुलेन्स चालक बराहक्षेत्र नगरपालिका-४ का २५ बर्षीय श्रीराज कुमार साहलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ।

कोशी प्रदेशका विभिन्न जिल्लाहरुमा प्रहरीले प्रत्येक दिन दर्जन भन्दा बढी लागुऔषध कारोबारीलाई पक्राउ गरिरहेको भएपनि लागुऔषध सेवन तथा ओसारपसार गर्नेको संख्यामा भने कमी आएको छैन। बरु हरेक दिन ओसारपसार गर्नेको संख्या बढिरहेको छ।

कोशी प्रहरीले लागुऔषध कारोबारी गर्ने माथि कडाई गरेपछि पछिल्लो समय उनीहरुले बिरामी बोक्ने एम्बुलेन्स,पिकअप गाडी तथा ट्रकलाई लागुऔषध बोक्ने साधनको रुपमा प्रयोग गर्ने क्रम बढेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here